ताप्लेजुङ गोल्डकप : सेमिफाइनलका खेल आजदेखि « Khabarhub

ताप्लेजुङ गोल्डकप : सेमिफाइनलका खेल आजदेखि


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् । पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ ।

यही साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

यसैगरी, ललितपुरले भारतको लिजेण्ड फुटबल एकेडेमी सिलिगुडीलाई १–० को जितसँगै सेमिफाइनलमा प्रवेश पाएको हो ,

बिहीबार हुने दोस्रो सेमिफाइनलमा झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेश युवा क्लब आमनेसामने हुनेछन् ।

सिराहाले मङ्गलबार भएको अन्तिम क्वार्टरफाइनलको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० को फराकिलो गोलअन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको थियो ।

झापाले पोखराको सहारा क्लबलाई २–१ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

आठ टोली सहभागी रहेको प्रतियोगिताको फाइनल खेल यही साउन ३१ गते हुनेछ । विजेताले नगद सात लाख दुई हजार ८२ तथा उपविजेताले तीन लाख ५० हजार ८२ र प्रमाणपत्र प्राप्त गर्नेछन् । लाखेजात्रा सञ्चालन समितिले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ११ : ३८ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले