गृहमन्त्रीले भने- रविलाई छुट्टै कोठामा राखेर कैदीले पाउने सबै सुविधा उपलब्ध गराएका छौँ « Khabarhub

गृहमन्त्रीले भने- रविलाई छुट्टै कोठामा राखेर कैदीले पाउने सबै सुविधा उपलब्ध गराएका छौँ


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीले पाउने कुनै पनि सुविधाबाट वञ्चित नगरिएको बताएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले रुपन्देही कारागारमा रहेका लामिछानेलाई मानवोचित र सबै कैदी-बन्दीहरूले पाइरहेको सुविधा दिइएको स्पष्ट पारे ।

लामिछानेलाई छुट्टै कोठामा राखिएको बताउँदै कारागारको प्रशासनले केही समस्या भए नभएको सोध्ने गरेको पनि उनले उल्लेख गरे । त्यस्तो विशेष सुविधा कारागारले उपलब्ध नगराएको पनि उनले बताए ।

कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको उनले बताए । कुन कारागारमा सार्ने भन्नेबारे सुरक्षालाई मध्यनजर गरेर प्रक्रिया अघि बढाइरहेको उनले बताए ।

मन्त्री लेखकले केन्द्रीय कारागार नुवाकोटको निर्माण सम्पन्न गर्न र जीर्ण कारागार भवनको पुनर्निर्माणको लागि पर्याप्त बजेट विनियोजन गर्ने पनि बताए ।

हाल कारागारहरूमा प्रदान गरिएको विद्युत्को महसुल कर्पोरेट हाउससरह भएकोमा सहुलियत दरमा विद्युत् उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘सबै बन्दीहरुको स्थावस्थ बीमा गरी उपचार खर्चलाई सहज र मितब्ययी बनाउने र यसका लागि पाँचजना बन्दीको एउटा समूह बनाई त्यस आधारमा बिमा गरिदिन स्वास्थ्य बिमा बोर्डमा अनुरोध गरिएको छ, विदेशी बन्दीको उपचार समेत सरकारले गर्नुपर्दा अधिक खर्चालु हुने हुँदा दीर्घ र कडा रोग लागेका विदेशी बन्दीहरुलाई सम्बन्धित देशमा फिर्ता पठाउने सकिने गरी नीतिगत व्यवस्था गर्नुपर्ने छ’, उनले भने ।

कारागारमा सवारीसाधन र इन्धनको अभाव रहेको साथै खर्चको मितव्ययिताको लागि अदालतमा भौतिक उपस्थितिको सट्टा भिडियो कन्फेरेन्समार्फत बयान बकपत्रको प्रबन्ध मिलाउँदा उचित हुने अदालतसँग समन्वय गर्नुपर्ने र बाल सुधारगृहका बालबालिकाको उचित शिक्षाको लागि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालयको समन्वयमा सम्बन्धित स्थानीय तहसमेतले व्यवस्थापन गर्नुपर्ने कामलाई जति सक्दो चाँडो अगाडि बढाउने पनि उनले बताए ।

कारागारमा बन्दीको तर्फबाट नेतृत्वको जिम्मेवारी दिन नाइके चौकीदारको व्यवस्था रहेको उनले बताए । यसरी छनोट भएका बन्दीले कारागारभित्रको आन्तरिक व्यवस्थापनसम्बन्धी कार्यका क्रममा निश्चित दिन कैद छुट पाउने कारणले कारागारमा झडप हुने गरेको मन्त्री लेखकले बताए ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ११ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै