महिला लिग छनोट फुटबल बिहीबारदेखि | Khabarhub Khabarhub

महिला लिग छनोट फुटबल बिहीबारदेखि


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट प्रतियोगिता आयोजना हुने भएको छ ।

विभिन्न १४ टोलीले भाग लिने उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए । 

उनले उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए । प्रतियोगिताको  खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल तथा एफसी रियल छन् ।

त्यस्तै समूह ‘बी’ मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । प्रतियोगिताको उद्‍घाटन खेलमा एफसी रियल र छहारी फुटबल क्लबबीच हुनेछ । उक्त खेल दिउँसो १ बजे हुनेछ ।
 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : २८ बजे

कर्णालीमा जग्गा बाँझो राख्नेलाई जरिवाना

सुर्खेत– कर्णाली प्रदेशमा खेतीयोग्य जमिन बाँझो राख्नेलाई जरिवाना लाग्ने भएको

मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् ।

मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको साधारणसभा भदौ २० गते 

काठमाडौं– मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावर लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ