काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ, न गाडी गुडाउन (तस्बिरहरू) « Khabarhub

काठमाडौंकै सडकको बेहाल : न हिँड्न सकिन्छ, न गाडी गुडाउन (तस्बिरहरू)


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधिसभामा विकाशको फेहरिस्ता प्रस्तुत गर्दै गर्दा संघीय राजधानी काठमाडौंकै ३१ नं वडाको शंखमुल गणेशमार्ग सडक भने महिनौँदेखि हिलाम्मे भएको छ ।

वडा र निर्माण व्यवसायीले प्रभावकारी रूपमा काम नगर्दा सो क्षेत्रका स्थानीयहरू दिनहुँ हिलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

 ३१ नं वडाका वडा अध्यक्ष सरोज ढकालका अनुसार स्थानीय माग अनुसार ८२ इन्चको ३८३ मिटर ढल राखिएको र मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम गरिएको जानकारी दिए । सो सडकमा ढल व्यवस्थापनको काम सकिए पनि निर्माण कम्पनीले बाँकी काम नगर्दा हिलाम्मे सडकमा स्थानीय सर्वसाधारणले सास्ती भोग्नु परेको हो ।

२०८२ असोज मसान्तसम्म काम सक्ने गरी श्री टुँडाल कन्स्ट्रक्सन एण्ड सपलायर्स प्रालि ले  १०७१९३२३.६८ भ्याट र पी एस बाहेक निर्माण सम्झौता गरेकोमा ढल निर्माण पश्चातको काम अगाडी बढ्न सकेको छैन ।

स्थानीय व्यापारी सरोज तिमल्सिना अनुसार वडा र ठेकेदारले राम्रो काम नगरे बताउँदै, ढल व्यवस्थापनको क्रममा खनिएको माटो सडकमै राखिनाले अहिले यो अवस्था आएको उनले जनाए । वैशाख २८ गतेबाट खनिएको सडक अहिले पनि जस्ताको त्यस्तै हुनुमा वडा र ठेकेदार कम्पनीले लापर्बाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : १० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले