६ वर्षदेखि फरार अभियुक्त पक्राउ « Khabarhub

६ वर्षदेखि फरार अभियुक्त पक्राउ


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- कर्तव्य ज्यान मुद्दामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित लिङ्तेपका २५ वर्षीय हिमाल भनिने सागर केदेम रेहका छन् । विसं २०६९ मा मेरिङ्देनकै खाम्लुङमा विवाहमा गएकी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गर्न खोज्दा नमानेपछि कुटपिट गरी मरणासन्न अवस्थामा छाडेर फरार थिए ।

सोही समयमा उनीविरुद्ध ज्यान मार्ने उद्योग शीर्षकमा मुद्दा दर्ता भएकामा बालिकाको विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भई छ महीनापछि सोही घाउचोटकै कारण मृत्यु भएपछि कर्तव्य ज्यान शीर्षकमा मुद्दा परिणत भएको थियो ।

केदेमलाई लुकीछिपी बसेको अवस्थामा मङ्गलबार पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : २९ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा