एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि | Khabarhub Khabarhub

एक सातामा १ सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । योसँगै गत पुषदेखि हालसम्म नेपालमा सङ्क्रमितको सङ्ख्या २ हजार ९ सय ५२ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सवैभन्दा धेर् गण्डकी प्रदेशमा ८ सय ७७, बागमतीमा ६ सय १२ कोशीमा ५ सय १८ , लुम्बिनीमा ४ सय ६५, सुदूरपश्चिममा ३ सय १६, कर्णालीमा ७७ र मधेश प्रदेशमा ५३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

विगतका वर्षहरूमा वर्षायाममा तराईका जिल्लाहरूमा मात्रै देखिने डेंगुको सङ्क्रमण पहाडी जिल्ला हुँदै हिमाली जिल्लाहरूसम्मै फैलिन थालेपछि जनस्वास्थ्यको प्रमुख चुनौति बनेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ३८ बजे

मन्त्रीहरूलाई प्रधानमन्त्रीले भने : युगान्तकारी कामको योजना बनाउनुस्

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर

जलाशय सफा गर्न विद्युत उत्पादन बन्द

दोलखा– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रले साउन ३१