नीति र कानूनले मात्र बालविवाह अन्त्य हुँदैनः मुख्यमन्त्री राउत « Khabarhub

नीति र कानूनले मात्र बालविवाह अन्त्य हुँदैनः मुख्यमन्त्री राउत


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा चेतनाको अभिवृद्धि नभएसम्म नीति र कानून बनाएर मात्र बालविवाह अन्त्य नहुने बताएका छन् ।

जनकपुरमा बुधबार आयोजित प्रदेशस्तरीय बालविवाह अन्त्यका लागि नीतिगत संवाद कार्यक्रममा उनले भने, “नीति कानून त धेरै पहिलादेखि नै छन् तर बालविवाह रोक्न सकिएको छैन, यसलाई रोक्न सामाजिक चेतनाको अभिवृद्धि र छोरीलाई सक्षम बनाउनुपर्दछ ।”

उनले छोरीहरुलाई शिक्षित र सक्षम बनाउनाका साथै नीति तथा कानून कार्यान्वयको पक्षलाई मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रदेश सरकारले छोरीलाई शिक्षित र सक्षम बनाउन ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसको प्रतिफल देखिन शुरु भइसकेको बताए ।

पछिल्लो एक वर्षमा प्रदेशभित्र भ्रूण हत्यामा व्यापक कमी आएको प्रतिवेदन सार्वजनिक भइसकेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ९ : ४५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका