स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’ « Khabarhub

स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । बेलायती शासनबाट सन् १९४७ अगस्ट १५ का दिन स्वतन्त्रता प्राप्त गरेको सम्झनामा हरेक वर्ष भारतले स्वतन्त्रता दिवस मनाउँछ ।

स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित लाल किलाबाट सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले ‘सुदर्शन चक्र मिसन’ को घोषणा गरेका छन् । यो मिसनको मुख्य उद्देश्य आगामी दशकमा भारतको राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउनु रहेको उनको भनाइ छ ।

सम्बोधनका क्रममा आत्मनिर्भरतामा जोड दिएका प्रधानमन्त्री मोदीले भगवान् श्रीकृष्णको सुदर्शन चक्रबाट प्रेरणा लिएर सन् २०३५ सम्ममा भारतले आफ्नो सुरक्षा संरचनाको विस्तार, सुदृढीकरण र आधुनिकीकरण गर्ने लक्ष्य राखेको बताए । उनले राष्ट्रको सुरक्षालाई अभेद्य बनाउने दृढता पनि व्यक्त गरे ।

उनले भने, ‘आगामी दस वर्षमा, सन् २०३५ सम्ममा म राष्ट्रिय सुरक्षा कवचको विस्तार, सुदृढीकरण र आधुनिकीकरण गर्न चाहन्छु । भगवान श्रीकृष्णबाट प्रेरणा लिएर हामीले सुदर्शन चक्रको बाटो रोजेका छौँ ।’

महाभारतको प्रसंग निकाल्दै उनले भने, ‘जब महाभारतको युद्ध चलिरहेको थियो, तब सुदर्शन चक्रले शत्रुको नाश गरेको थियो । हामीले सुरु गर्न लागेको यो सुदर्शन चक्र मिसनले यस्तै शक्ति प्रदान गर्नेछ ।’ उनले यो प्रणालीको शोध, विकास र उत्पादन भारतमै हुनुपर्ने उनले उल्लेख गरे ।

यसका लागि भारतकै युवा प्रतिभाको उपयोग गर्नुपर्ने उनको भनाइ छ । यस प्रणालीले आतंकवादी हमलाको सामना गर्नुका साथै आतंकवादीमाथि कडा प्रहार पनि गर्ने उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : ३६ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको