बाढीपीडितलाई पुनर्वासको व्यवस्था « Khabarhub

बाढीपीडितलाई पुनर्वासको व्यवस्था


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममायाँ थापाले म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढी पीडितलाई सरकारले पुनर्वासको व्यवस्था गर्ने बताएकी छन् ।

सङ्घीय सरकारका तर्फबाट रु दुई लाख बाढीपीडितलाई प्रदान गर्दै बुधबार मन्त्री थापाले प्राकृतिक विपत्तिबाट पीडित भएकालाई सक्दो सहयोग गर्नु मानवीय कर्तव्य भएको बताइन् ।

मन्त्री थापाले बाढीका कारण घरवारविहीन भएका सात घरपरिवारलाई उचित स्थानको खोजी गरी छिटो पुनर्वासको व्यवस्था मिलाउन स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिइन् । बाढीका कारण विस्थापित भएका सात घरपरिवारमध्ये ६ परिवार स्थानीय सरस्वती आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् भने एक जना छोरीज्वाइँकामा बसेका छन् ।

असोज ४ गते राति कोटखोलामा आएको बाढीले बगाउँदा दुई बालिकाको मृत्यु भएको थियो । एक बालिकाको शव प्राप्त भएको र एक बालिका अझैसम्म पत्ता लाग्न नसकेको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले जानकारी दिए । बाढीका कारण बुद्ध एकेडेमीका १६ वटा कोठा पूर्णरुपमा क्षति पुगेको छ ।

सो अवसरमा वडाध्यक्ष थापालगायत वडा सदस्यहरुले कोटखोलाका बाढीपीडितलाई आफूले पाउने तलब सुविधाबाट रु ५१ हजार सहयोग गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  १० : ३१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान