अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ « Khabarhub

अलास्का शिखर सम्मेलनमा रुसले स्पष्ट धारणा प्रस्तुत गर्नेछ : लाभरोभ


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन लागेको अलास्का शिखर सम्मेलनमा रुसले आफ्नो स्पष्ट धारणा राख्ने रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बताएका छन् । उनले भने, “हामीले पहिले नै कुनै योजना बनाएका छैनौँ”, रुसी नेता लाभरोभले अलास्का पुगेपछि रोसिया–२४ टिभी च्यानलसँग भने, “हामीलाई थाहा छ, हामीसँग बहस छ, स्पष्ट र बुझ्न सकिने स्थिति छ ।”

उनले आफूहरुले आफ्नो तर्क स्पष्ट पार्ने बताए । ट्रम्पका विशेष दूत स्टिभ विटकोफको रुस भ्रमणका क्रममा वार्ताका लागि महत्वपूर्ण आधार राखिएको बताउँदै उनले भने, “हामी आशा गर्दछौँ, यो धेरै उपयोगी कुराकानी भोलि हुने शिखर सम्मेलनमा राखिनेछ।”

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र ट्रम्पबीच शुक्रबार अलास्काको एन्कोरेजमा भेटवार्ता हुने कार्यक्रम छ । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले दुई नेता र उनीहरूका दोभासेहरू मात्र सहभागी हुने गरी एक्लाएक्लै बैठक सुरु हुने र त्यसपछि दुवै पक्षका पाँच–पाँच जना प्रतिनिधिको उपस्थितिमा विस्तारित वार्ता हुने जानकारी दिए ।

उशाकोभले युक्रेन सङ्कट समाधानका साथै ‘शान्ति र सुरक्षा सुनिश्चित गर्नका लागि व्यापक गृहकार्य गरिने र वर्तमान र सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू’ लाई सम्बोधन गर्न वार्तामा ध्यान केन्द्रित गरिने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३९ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको