नारायणगढ-मुग्लिन सडक सञ्चालनमा « Khabarhub

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन– पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । 

इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए । 

आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।  रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १ : ३९ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)