कोलेस्ट्रोल 'कन्ट्रोल’ गर्न घरेलु बदाम उपयोगी | Khabarhub Khabarhub

कोलेस्ट्रोल ‘कन्ट्रोल’ गर्न घरेलु बदाम उपयोगी


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

घरेलु बदामबारे सबैलाई थाहा भए पनि यसको फाइदाबारे सबै जानकार नहुन सक्छन् । घरेलु बदाम मानव स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । एक लिटर दुधमा पाइने पोषक तत्व बराबर १ सय ग्राम काँचो बदाममा पाइन्छ ।

बदाममा धेरै मात्रामा प्रोटिन पाइने गर्दछ, जुन शारीरिक वृद्धिका लागि अति नै जरुरी हुन्छ । दूध नपिउने मानिसहरुका लागि बदाम उत्तम विकल्प हुनसक्छ ।

बदाममा मानोसैच्युरेटेड र पोलिसैच्युरेटेड फ्याट पाइने गर्दछ, जुन हाम्रो मुटुका लागि अति नै आवश्यक पर्दछ । यदि हप्तामा ५ दिन बदामको सेवन गरेमा मुटु सम्बन्धी बिमारीको सम्भावना कम हुने चिकित्सकहरु बताउँछन् ।

बदाममा हुने क्यालसियम र भिटामिन डी ले हड्डीलाई मजबुत बनाउन मद्दत गर्दछ । यो हाम्रो हड्डीको लागि एउटा सर्वश्रेष्ठ र सस्तो उपचार पनि हो । बदाममा हुने ट्रिप्टोफेनले डिप्रेशनको समस्या दूर गर्न पनि सहयोग पुग्छ ।

बदाममा हुने ओलिक एसिडले रगतमा हुने खराब कोलेस्ट्रोल कम गर्दछ र गुड कोलेस्ट्रोलको स्तरलाई बढाउने गर्दछ । यसले शरीरमा हुने कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्न निकै ठूलो भूमिका निर्वाह गर्ने गर्दछ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : २८ बजे

गाजाको अवस्था बारे अमेरिकी सिनेटरको आक्रोश– ‘संसारले तिमीलाई हेरेको छ बेन्जामिन’

वाशिङ्टन – गाजा क्षेत्रमा इजरायलले लगातार आक्रमण गरेपछि यसले अमेरिकालाई

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं – अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको सटही

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार

आज २०८२ साल असार ७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ७ गते शनिबार। असार