शिविरमार्फत सेवा दिँदै वडा कार्यालय « Khabarhub

शिविरमार्फत सेवा दिँदै वडा कार्यालय


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– डोटीको जोरायल गाउँपालिका–५ को कार्यालयले सहरमा बसेका नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको छ । वडा कार्यालयले कैलाली जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने आफ्ना नागरिकलाई शिविरमार्फत सेवा दिन थालेको हो ।

शिविरमार्फत ज्येष्ठ नागरिक लाभग्राहीको सामाजिक सुरक्षा परिचयपत्र ‘बायोमेट्रिक’ विधिबाट नवीकरण गर्ने काम भइरहेको वडा सचिव विनोद रजवारले जानकारी दिए  । 

उनले साउन २९ र ३० गते दुई दिन कैलालीको धनगढीमा शिविर सञ्चालन गरी सेवा प्रवाह गरिएको जानकारी दिए । उक्त शिवरमा ६० ज्येष्ठ नागरिक लाभग्राहीको बायोमेट्रिक विधिबाट सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गरिएको थियो । 

उनले भने, ‘सडक बिग्रिएको छ । गाउँसम्म जान वृद्धवृद्धालाई अप्ठ्यारो छ । त्यसैले जहाँ बस्नुभएको छ, त्यहीँ सेवा दिन थालेका हौँ ।’

त्यस्तै, यही भदौ २ गते कैलालीको अत्तरियामा शिविर सञ्चालन गरिने वडा सचिव रजवारले जानकारी दिए । शिविर गाउँपालिकाको पञ्जीकरण शाखाको सहजीकरणमा सञ्चालन भइरहेको छ । वडा कार्यालयको कार्यले ज्येष्ठ नागरिकलाई सहज भएको छ । रासस

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ७ : १९ बजे

रोल्पाको थवाङमा जिप भिरमा खस्ता कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न

बागलुङको दुर्गम गाउँमा बन्यो पाँच श्ययाको अस्पताल

गलकोट (बागलुङ)- जिल्लाको तमानखोला गाउँपालिका-५ खुङ्खानीमा पाँच श्ययाको आधारभूत अस्पताल