स्पेनिस ला लिगा : इस्पान्योलको सुखद सुरुवात « Khabarhub

स्पेनिस ला लिगा : इस्पान्योलको सुखद सुरुवात


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा इस्पान्योलले सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा सोमबार बिहान एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै इस्पान्योलले जित निकालेको हो ।

इस्पान्योलका लागि मिगेल रुबियो र पेरे मिल्लाले एक–एक गोल गरेका थिए । एट्लेटिकोका जुलियन अल्भारेजले गोल गरे ।

खेलको ३७औँ मिनेटमा एट्लेटिकोका अल्भारेजले फ्रि किकमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७३औँ मिनेटमा इस्पान्योलका रुबियोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ८४औँ मिनेटमा मिल्लाले गरेको गोलसँगै इस्पान्योल २–१ गोलले विजयी भयो । सुरुको अग्रता जोगान नसक्दा एट्लेटिको मड्रिड भने नयाँ सिजनको पहिलो खेलमा स्तब्ध बन्न पुग्यो ।

यो जितसँगै इस्पान्योलले पहिलो खेलबाट तीन अंक जोडेको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ८ : ३६ बजे

बालेन हराएको सूचना !

काठमाडौँ – यो कार्टुनले प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभाको बैठकमा अनुपस्थित

सहमतिको ‘किशोर सम्बन्ध’लाई अपराधीकरण गर्ने कि निकास दिने ?

काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित

सिद्धार्थनगर – लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा

रियल म्याड्रिडको सान्त्वना जित: गार्सिया र बेलिंघमले गरे गोल

म्याड्रिड – उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले स्पेनिस ला लिगामा

तिलक बर्माको विष्फोटक ब्याटिङमा मुम्बई विजयी, पन्जाबको प्लेअफ यात्रा संकटमा

धर्मशाला – मुम्बई इन्डियन्सका युवा ब्याटर तिलक बर्माले विष्फोटक इनिङ्स