भारतलाई धम्की दिने अमेरिका आफैँ रुससँग व्यापार गर्दै | Khabarhub Khabarhub

भारतलाई धम्की दिने अमेरिका आफैँ रुससँग व्यापार गर्दै


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले रुसबाट तेल खरिद गरिरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार महशुल बढाउने धम्की दिइरहेका छन् । तर, अमेरिका आफैँले रुससँग गुपचुप व्यापार गरिरहेको पाइएको छ ।

फर्स्टपोस्टका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म अमेरिकाले रुसबाट गर्ने आयात २३ प्रतिशतले बढेको छ । यस अवधिमा अमेरिकाले रुससँग २ अर्ब १० करोड डलर बराबरको व्यापार गरेको पाइएको छ ।

अमेरिकाले रुससँग युरेनियम, मल र प्यालेडियमजस्ता वस्तुको व्यापार गर्छ । युक्रेनमा जारी युद्धका कारण अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाएपनि व्यापार भने वृद्धि भइरहेको देखिएको छ ।

भारतले अमेरिकाको यस्तो व्यवहारलाई दोहोरो मापदण्ड भन्दै चर्को आलोचना गरेको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिका आफैं रुसबाट युरेनियम, प्यालेडियम, र मल आयात गरिरहेको छ, तर हाम्रो आलोचना गर्छ । हाम्रो तेल आयात आर्थिक आवश्यकतामा आधारित छ, राजनीतिक प्राथमिकतामा होइन ।’

युरोपेली युनियनले पनि रुससँग व्यापार गरिरहेको मन्त्रालयले उल्लेख गरेको छ । युरोपेली युनियनले रुसबाट १ करोड ६५ लाख टन प्राकृतिक तरल ग्यास (एलएनजी) को आयात गरेको मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले रुसबाट ऊर्जा तथा अन्य वस्तु खरिद गरेको भन्दै भारतमाथि भन्सार महशुल वृद्धि गर्ने धम्की दिएपछि मन्त्रालयको यस्तो बयान आएको हो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : १५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार