विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’ « Khabarhub

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनर विमानस्थलमा लाम लागेर स्वागत गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीसोमबार विराटनगर विमानस्थलमा उत्रिँदा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई स्वागतका लागि ‘बूके’ बोकेर पुगेकी छन् । यस्तै एमाले नेता विनोद ढकाल पनि विमानस्थलमा पुगे ।

भण्डारीको स्वागतका लागि एमाले मोरङ जिल्ला सचिव सोमराज थापा पनि विमानस्थल पुगे । एमाले जिल्ला अध्यक्ष अजम्बर राई भने स्वागतमा देखिएनन् । भण्डारीलाई स्वागत गर्न पुग्ने सय हाराहारीमा अधिकांश एमाले कार्यकर्ता देखिन्थे ।

एमालेको साउन ५–६ मा बसेको नवौँ केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन निषेध गरेको थियो । उनको सदस्यतासमेत खारेज गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिन कडा निर्देशन नै दिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : १८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात