विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’ « Khabarhub

विद्याको स्वागतका लागि विराटनगर विमानस्थलमा मन्त्रीदेखि एमाले नेतासम्मको ‘लाइन’


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनर विमानस्थलमा लाम लागेर स्वागत गरेका छन् ।

पूर्वराष्ट्रपति भण्डारीसोमबार विराटनगर विमानस्थलमा उत्रिँदा कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई स्वागतका लागि ‘बूके’ बोकेर पुगेकी छन् । यस्तै एमाले नेता विनोद ढकाल पनि विमानस्थलमा पुगे ।

भण्डारीको स्वागतका लागि एमाले मोरङ जिल्ला सचिव सोमराज थापा पनि विमानस्थल पुगे । एमाले जिल्ला अध्यक्ष अजम्बर राई भने स्वागतमा देखिएनन् । भण्डारीलाई स्वागत गर्न पुग्ने सय हाराहारीमा अधिकांश एमाले कार्यकर्ता देखिन्थे ।

एमालेको साउन ५–६ मा बसेको नवौँ केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन निषेध गरेको थियो । उनको सदस्यतासमेत खारेज गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिन कडा निर्देशन नै दिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  २ : १८ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु