बेपत्ता पारिएकालाई रिहा गर्न माग गर्दै कराँचीमा प्रदर्शन « Khabarhub

बेपत्ता पारिएकालाई रिहा गर्न माग गर्दै कराँचीमा प्रदर्शन


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा जबरजस्ती बेपत्ता पारिएका एक जना बलोच समुदायका व्यक्तिको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ । पाकिस्तानको कराँची शहरमा अमीर बख्श बालोचको परिवारले प्रदर्शन गरेका हुन् ।

अमीर बख्शलाई विगत ११ वर्षदेखि बेपत्ता छन् । परिवारले उनलाई जबरजस्ती बेपत्ता पारिएको आरोप लगाउँदै आएको छ ।

द बालोचिस्तान पोष्टका अनुसार परिवारले कराँची प्रेस क्लबबाहिर प्रदर्शन गरेको हो । प्रदर्शनकारीले अमीर बख्शको अवस्थाबारे तत्काल जानकारी दिन र उनको तत्काल रिहाइको माग गरेका छन् ।

परिवारले जनाए अनुसार अमीर बख्शलाई सन् २०१४ मा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसयता उनको अवस्था अज्ञात छ ।

बलोचिस्तानमा लामो समयदेखि पृथकतावादी आन्दोलन हुँदै आएको छ । यस आन्दोलनलाई दबाउनका लागि पाकिस्तानी सेनाले बलोचिस्तानमा गैरन्यायिक हत्या, जबरजस्ती बेपत्ता, अपहरण र अन्य हिंसात्मक कारवाही सञ्चालन गर्दै आएको छ ।

हालसम्म सुरक्षाकर्मीले बलोचिस्तानमा हजारौं जनालाई जबरजस्ती बेपत्ता पारेको मानव अधिकारवादी संस्थाहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  २ : ५२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको