भ्रष्टाचारका कारण पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय « Khabarhub

भ्रष्टाचारका कारण पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तान प्रशासित जम्मु कश्मीरमा पूर्वाधारको अवस्था दयनीय रहेको भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गरेका छन् । सो क्षेत्रमा व्याप्त भ्रष्टाचारका कारण पूर्वाधारको विकास हुन नसकेको उनीहरुको आरोप छ ।

कश्मीर ब्रेकिङ न्यूजका अनुसार पाकिस्तान प्रशासित जम्मु कश्मीरमा सडक, स्वास्थ्य सेवा, शिक्षा र खानेपानीजस्ता आधारभूत सुविधाहरूको चरम अभाव छ । यस कारण स्थानीयहरुको जीवनयापनमै कठिनाइ आइरहेको समाचारमा उल्लेख छ ।

स्थानीय बासिन्दा तथा सामाजिक कार्यकर्ताहरूले सरकारी अधिकारी र ठेकेदारको मिलेमतोमा विकास बजेटको दुरुपयोग हुने गरेको आरोप लगाएका छन् । ठूला परियोजनाका लागि छुट्याइएको रकम व्यक्तिगत लाभका लागि हिनामिना हुने गरेको जनाइएको छ । भ्रष्टाचारका कारण पूर्वाधार निर्माणका परियोजनाहरू अधुरै रहने वा गुणस्तरहीन हुने गरेको उनीहरूको गुनासो छ ।

कतिपय अवस्थामा ग्रामीण क्षेत्रमा सडक निर्माण र मर्मतका लागि छुट्याइएको बजेट बारम्बार गलत ठाउँमा प्रयोग भएको पाइएको छ । जसले विकट गाउँलाई बाहिरी बजार र सेवाको पहुँचबाट वञ्चित गरेको छ ।

शिक्षा र स्वास्थ्य सेवाको अवस्था पनि उस्तै छ । अस्पतालहरूमा आधारभूत उपकरण र औषधिको अभाव छ । विद्यालयमा शिक्षक र शैक्षिक सामग्रीको कमी देखिएको छ । स्वच्छ खानेपानीको अभावका कारण धेरै गाउँबस्तीमा पानीजन्य रोगहरू फैलिन थालेको छ ।

स्थानीय सामाजिक कार्यकर्ताले प्राकृतिक रुपमा सम्पन्न भएपनि यो क्षेत्रका स्थानीय समुदायले जलविद्युत र खनिजजस्ता स्रोतको लाभ हासिल गर्न नसकेको बताएका छन् । पारदर्शी शासन र जवाफदेहीताको माग गर्दै सो क्षेत्रमा बारम्बार विरोध प्रदर्शन पनि हुने गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ४६ बजे

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन

राष्ट्रको स्वाधीनता रक्षा गर्ने दायित्वबाट वामपन्थी विमुख भएको प्रचण्डको टिप्पणी

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको स्वाधीनता

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा डेनियल