उइग्युर बधुवा मजदुरको श्रम प्रयोग गरेको विषयमा अष्ट्रेलियाको केमार्टविरुद्ध मुद्दा « Khabarhub

उइग्युर बधुवा मजदुरको श्रम प्रयोग गरेको विषयमा अष्ट्रेलियाको केमार्टविरुद्ध मुद्दा


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको सिन्जियाङ क्षेत्रमा उइग्युर समुदायका बधुवा मजदुरको श्रम प्रयोग गरेको विषयमा अष्ट्रेलियाको प्रमुख खुद्रा कम्पनी केमार्ट विवादमा मुछिएको छ । यसबारे अष्ट्रेलियामा आधारित उइग्युर अधिकारवादी समूहले संघीय अदालतमा मुद्दा दायर गरेको छ ।

केमार्टमाथि लगाइएको मुद्दामा उइग्युर समुदायका बधुवा मजदुरको श्रम प्रयोग गरी कपडाजन्य वस्तु आपूर्ति गरेको आशय छ । अष्ट्रेलियन उइग्युर टङ्ग्रीटाग वुमन्स एशोसिएशनले दायर गरेको मुद्दामा केमार्टले सन् २०२३ र २०२५ मा सिन्जियाङका दुई आपूर्तिकर्तासँग व्यापार गरेको हुनसक्ने जनाइएको छ ।

केमार्टले यसबारे आफ्नो ग्राहकलाई प्रष्ट सूचना नदिएर गुमराहमा पारेको पनि एशोसिएशनको दाबी छ । केमार्टले बधुवा मजदुरको प्रयोग गरेर मुनाफा नकमाएको भनी प्रष्ट पार्न सक्नुपर्ने एशोसिएशनकी प्रमुख रमिला चानिशेफले जनाएकी छिन् ।

केमार्टले भने यस आरोपको खण्डन गरेको छ । यद्यपि आरोप प्रमाणित भएमा केमार्टले अष्ट्रेलियाको उपभोक्ता कानुनको उल्लङ्घन गरेको ठहरिने अष्ट्रेलियन एशोसिएटेड प्रेसले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ६ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु