नगर बसमा ‘महिला’ कन्डक्टर | Khabarhub Khabarhub

नगर बसमा ‘महिला’ कन्डक्टर


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले बाँकेका विभिन्न ‘रुट’ मा नगर बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा ल्याइएका बसमा परिचालक ‘कन्डक्टर’ महिला राखिएको छ । काठमाडौँमा चल्ने सवारीसाधनमा महिला चालक र परिचालक देखिन्छन् ।

मोफसलमा नेपालगञ्ज उपमहानगरपालिकाले ‘कन्डक्टर’ महिला राखेको पहिलो भएको दाबी गरेको छ । प्रमुख डा धवलशमसेर राणाले भने, “हाम्रा दिदीबहिनीलाई अवसर दिने हो भने जिम्मेवारी पूरा गर्न सक्छन् । महिलाले दिएको जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ भन्ने देखाउनकै लागि यो काम शुरु गरेका हौँ ।”

उपमहानगरले सातवटा नगर बस खरीद गरेर सञ्चालनमा ल्याएको छ । यी बसमा परिचालक मात्र होइन चालक नै महिला राख्ने योजना उपमहानगरको छ । त्यसका लागि २५ जना महिलालाई निःशुल्क तालीमसमेत दिइएको छ । तर, अझै तयार बनाउन समय लाग्ने भएकाले तत्काललाई ‘कन्डक्टर’ मात्र राखिएको हो ।

प्रमुख राणाले भने “अहिले ‘कन्डक्टर’ गरेर पछि चालक बनाउने हो । उहाँहरु दक्ष भएपछि विस्तारै चालक, परिचालक नै महिला राख्ने हो ।” नेपालगञ्ज–कोहलपुर सडकखण्डमा बुधबारदेखि परीक्षणका लागि बस सञ्चालनमा ल्याएको उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेलले जानकारी दिए ।

सूचना अधिकारी पौडेलले गत असारमै बस खरीद गरेर ल्याइए पनि रुट परमिटलगायतको तयारीका कारण सञ्चालनमा केही ढिलाइ भएको बताउनुभयो । सात वटा बस खरीदका लागि उपमहानगरपालिकाले रु तीन करोड ४५ लाख खर्च गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : ०४ बजे

‘फुटबल खेलले नेपाली समाजमा एकताको सन्देश फैलाइरहेको छ’

धरान– नेपाल कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले

पर्यटन प्रवर्द्धनका लागि मर्स्याङ्दीमा जलविहार

दमौली– नेपाल पत्रकार महासङ्घ तनहुँको आयोजना र भानु नगरपालिकाको सहयोगमा

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल

बाजुरा एमालेको घोषणा : विचारमा स्वस्थ प्रतिस्पर्धा, विकासमा वृहत एकता 

धनगढी – नेकपा एमाले बाजुराले जिल्लाको परिचय बदल्ने अभियान सञ्चालनको

परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेकका महासचिवको भेट 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक