हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र | Khabarhub Khabarhub

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्क क्षेत्र गन्तव्यमा समेटिएको छ ।

विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिए ।

यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट सामुदायिक होमस्टे, धिताल होमस्टे हुँदै अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्कालगायत स्थानको प्रवद्धनात्मक हाइकिङ गरिएको उनले बताए ।

एक दिवसीय पदयात्राका साथै मर्दी हिमालको पदयात्राका लागि यो क्षेत्र आकर्षक गन्तव्यजस्तै बनेको छ । पछिल्लो समय पदयात्राका लागि यस क्षेत्रमा आउने पर्यटकको आकर्षण दिनानुदिन बढिरहेको धिताल होमस्टेका सञ्चालक विशाल पौडेलले बताए ।

कास्कीको माछापुच्छ्रे« गाउँपालिका–६ अस्तामस्थित नौमती बाजा पार्क यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास भएको क्लबका अध्यक्ष रानाभाटले जानकारी दिए ।

समुन्द्री सतहबाट एक हजार ५०० पचास मिटरको उचाइमा रहेको पार्क प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिन्छ । पार्कमा नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा सजाएर राखिएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ९ : १८ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित