दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता | Khabarhub Khabarhub

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीबी नयाँ दिल्ली भेटवार्ता भएको छ । जयशंकरले सोमबार साँझ फेसबुक पोष्टमार्फत उनीसँग भेटवार्ता भएको जानकारी दिएका हुन् ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे व्यापक छलफल भएको उनले जानकारी दिए । जयशंकरले भारत–चीन सम्बन्धलाई आपसी सम्मान, संवेदनशीलता र हितका आधारमा अघि बढाउनु उपयुक्त हुने धारणा राखेका छन्। उनका अनुसार हालका चुनौतीपूर्ण अवस्थाबाट अगाडि बढ्न दुवै पक्षले स्पष्ट र निर्माणात्मक दृष्टिकोण अपनाउनु जरुरी छ।

वार्तामा द्विपक्षीय व्यापार र आर्थिक मुद्दा, धार्मिक तीर्थयात्रा, जनस्तरबीचको सम्पर्क, नदीसम्बन्धी तथ्याङ्क आदानप्रदान, सीमावर्ती व्यापार, भौतिक पूर्वाधारमा जोड दिने संयोजन तथा अन्य द्विपक्षीय आदानप्रदानबारे गहन छलफल भएको उनले बताएका छन्।

त्यसका अतिरिक्त, दुवै नेताबीच क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि विचारविमर्श भएको उल्लेख गरिएको छ।जयशंकरले आजका छलफलले भारत–चीनबीच स्थिर, सहयोगी र भविष्यमुखी सम्बन्ध निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ०२ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता