फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त | Khabarhub Khabarhub

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग गरेर नियुक्ति लिएको ठहर गर्दै सरकारले पदमुक्त गरेको छ। सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो।

ओझाको नियुक्ति सुरुदेखि नै विवादास्पद बनेको थियो। विवाद गहिरिएपछि गत असार ३० गते मन्त्रिपरिषदले छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा समिति गठन गरेको थियो। समितिले उनी अध्यक्ष बन्ने योग्यता नपुग्ने र फर्जी कागजात पेस गरेर पद हात पारेको ठहर गरेको थियो।

समितिको प्रतिवेदन सार्वजनिक भएपछि ओझा त्यही दिनदेखि पदमा निलम्बित भएका थिए। अन्ततः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई औपचारिक रूपमा पदमुक्त गर्ने निर्णय गरेको हो।

ओझालाई गत फागुन १२ गते मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। कञ्चनपुर घर भएका ओझाको नियुक्ति करिब छ महिनामै विवाद र बर्खास्तीमा टुंगिएको छ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : १८ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित