दशैंमा यसरी बनाउनुहोस् स्वादिस्ट दही आलुको परिकार « Khabarhub

दशैंमा यसरी बनाउनुहोस् स्वादिस्ट दही आलुको परिकार


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरेक नेपालीको भान्सामा सबैभन्दा धेरै पाक्ने परिकार आलु हो ।

दशैंमा धेरै मानिसहरु मासुजन्य परिकारको बढी उपभोग गर्ने गर्छन् । मासु धेरै खाँदा पनि फाइदा पुग्दैन त्यसैले तपाईले तरकारी र सागपातमा पनि जोड दिन आवश्यक हुन्छ ।

आज हामी तपाईलाई दशैंको समयमा आलुको परिकार बनाउने तरिका प्रस्तुत गछौं जसले गर्दा तपाईले आलुबाट बनेको परिकारको स्वाद लिन सक्नु हुने छ । आलुको परिकारमा पनि आज हामी दही आलुको परिकार बनाउने बारे जानकारी दिन्छौं ।

त्यसका लागि आवश्यक सामाग्रीको जोहो गर्नुहोस् र दही आलुको परिकार बनाएर आफू पनि खानुहोस् र अरुलाई पनि खुवाउनुहोस् । परिवारसँग बसेर खाएर दशैंलाई शानदार बनाउनुहोस् ।

दही आलुको परिकार बनाउनका लागि आवश्यक सामाग्री

तेल दुई चम्चा, उमालेको आलु ३५० ग्राम, सर्स्युको तेल एक चम्चा, सर्स्युका दना एक चम्चा, हिंग सानो चम्चाको एक चौथाइ, जीरा एक चम्चा, धनियाँ एक चम्चा, बेसार, आवश्यकता अनुसार, नुन, आवश्यकता अनुसार, रातो खुर्सानी, आवश्यकता अनुसार, दही २७० ग्राम ।

यति सामानको जोहो गरेपछि तपाई दही आलु बनाउन सुरु गर्न सक्नु हुनेछ ।

त्यसका लागि तपाईले एक ओभानो भाँडोलाई ग्यास वा आगोमा बसाल्नु होस् ।

उक्त भाँडोमा दुई चम्चा तेल राख्नुहोस् । तेर खारिएपछि बोक्रा छोडाइएको आलु हाल्नुस् र पाँच मिनेटसम्म पकाउनुस् ।
त्यस्तै अर्को एक भाँडामा सर्स्युको तेल, दाना र जीरा हालेर भुट्नुस् ।

अब त्यसमा बेसार, हिंग, नुन र रातो खुर्सानी हालेर मज्जाले मिसाउनुस् । अब यसमा दही हालेर मधुरो आगोमा पाँच मिनेटसम्म पकाउनुस् ।

यो पाकेपछि त्यसमा आलु हालेर दुई मिनेट पकाउनुस् ।

दुई मिनेट पकाएपछि त्यो खानका लागि तयार भयो । अब त्यसमा केही धनियाका पात राखेर मजासँग खानुहोस् र अरुलाई पनि खुवाउनुहोस् । यो परिकार मिठो लागेमा मानिसको संख्या अनुसार सामाग्रीहरु थप गरि बनाउनुहोस् र खानुहोस् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १२ : २७ बजे

चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समयमा चोरी भएका

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट