ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

आज बिहान करिब ८ः०० बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोभी बोकेको प्र१–०२–००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् । गौतमको दमक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्यसैगरी, मोटरसाइकलमा सवार गौतमकी श्रीमती ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए ।

दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : २७ बजे

नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी, विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य

काठमाडौं– नेपाल पर्यटन बोर्ड र टिकटकले संयुक्त साझेदारीको घोषणा गरेका

माओवादीद्वारा सरकारको आलोचना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुशासन, सामाजिक न्याय र

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा– सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ

उपसभामुख रानालाई हटाउने प्रयासको विरोधमा उत्रीयो  माओवादी

काठमाडौं– नेकपा माओवादी केन्द्रले बदनियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउने

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभामा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेस गरिएको