चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ | Khabarhub Khabarhub

चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ मा रहेको वाङ यीको भनाइ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चीन र भारतबीचको सम्बन्ध सहयोगको दिशामा ‘सकारात्मक प्रवृत्ति’ मा रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका छन् । नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षीसँगको भेटपछि मङ्गलबार प्रकाशित विवरणअनुसार उनले यस्तो बताएका हुन् ।

विश्वका दुई सबैभन्दा बढी जनसङ्ख्या भएका राष्ट्रहरू दक्षिण एसियाभरि प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच घातक सीमा द्वन्द्व भएको थियो ।

भारत संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया र जापानसमेत सम्मिलित क्वाड सुरक्षा गठबन्धनको सदस्य हो । क्वाडलाई चीनले आफ्नो प्रतिरोधका रूपमा हेर्दै आएको छ ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर युद्धले निम्त्याएको विश्वव्यापी व्यापार र भूराजनीतिक उथलपुथलबीच यी दुई देश सम्बन्ध सुधारतर्फ अघि बढिरहेका छन् ।

सोमबार भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँगको वार्तामा वाङले दुई देशले एकअर्कालाई विरोधी वा खतराको सट्टा साझेदार र अवसरका रूपमा हेर्नुपर्ने बताए ।

द्विपक्षीय सम्बन्ध ‘सहयोगको मुख्य मार्गमा फर्कने सकारात्मक प्रवृत्ति’ मा रहेको प्रमाणका रूपमा उनले ‘सबै तहमा वार्ता पुनः सुरु भएको’ र ‘सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम भएको’ कुरा औँल्याए ।

वाङ आफ्नो तीन दिने भ्रमणमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत भेट्ने अपेक्षा गरिएको छ ।

भारतीय मिडियाका अनुसार मोदी यसै महिना चीनको भ्रमण गर्न सक्नेछन् । यो सन् २०१८ पछि उनको पहिलो भ्रमण हुनेछ ।

मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसमा पाँच वर्षपछि पहिलोपटक भेट गरेपछि अक्टोबरदेखि सम्बन्धमा सुधार आएको मानिन्छ ।

चिनियाँ र भारतीय अधिकारीहरूले हालैका हप्ताहरूमा दुई देशले सन् २०२० देखि रोकिएको सीमा व्यापार पुनः सुरु गर्नेबारे छलफल गरिरहेको बताएका छन् ।

यसको पुनः प्रारम्भ प्रतीकात्मक रूपमा महत्त्वपूर्ण हुने बताइन्छ र यसपछि प्रत्यक्ष उडानहरू पुनः सुरु गर्ने तथा पर्यटक भिसा जारी गर्नेबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । -रासस

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १ : ०३ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता