चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते « Khabarhub

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 

स्थानीय पालबहादुर घलानको घरमा किरियाको कामकाजको सहजताका लागि आएको बेला आज दिउँसो अचानक परेको चट्याङ लागेर स्थानीय ४२ वर्षीय विशाल ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

चट्याङ लागेर स्थानीय १२ वर्षीय बर्षा घलान, १२ वर्षीय सुजन घलान, १६ वर्षीय सन्तोष घलान, ३८ वर्षीया शान्ति तितुङ, ३४ वर्षीय प्रेमबहादुर घलान, ३७ वर्षीय राजकुमार घलान र  चितवनको राप्ति नगरपालिका–११ निवासी ४७ वर्षीय पानबहादुर मोक्तान घाइते भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।

 घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : १० बजे

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली