स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद सुरुवात गरेको छ । बुधबार बिहान सकिएको खेलमा ओसासुनालाई १–० गोलले हराउँदै मड्रिड विजयी भएको हो ।

रियल मड्रिडका लागि केलियन एम्बाप्पेले गोल गरेका थिए । उनले खेलको ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै रियलको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै रियल मड्रिडले पहिलो खेलबाट ३ अंक जोडेको छ । पराजित भएको ओसासुनाले सिजनमा खराब सुरुवात गरेको छ । खेलको इन्जुरी समयको चौथो मिनेटमा ओसासुनाका अबेल ब्रेटोनसले रातो कार्ड पाएका थिए ।

यो सँगै ला लिगाको नयाँ सिजनमा सहभागी २० टोलीले पहिलो चरणको खेल पूरा गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ३५ बजे

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्