प्रधानमन्त्री ओली अस्वस्थ, सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नजाने « Khabarhub

प्रधानमन्त्री ओली अस्वस्थ, सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नजाने


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रम बुधबार नहुने भएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

तर स्वास्थ्य प्रतिकूलताका कारण ‌ओली प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको जवाफ दिन उपस्थित नहुने भएका हुन् ।

कार्यव्यवस्थामा जानकारी आउनुअघि नै सभामुख देवराज घिमिरेले सांसदहरूबाट आवश्यक प्रश्न संकलन गरिसकेका थिए ।

तर बुधबार मध्याह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने जानकारी दिए ।

बर्तौलाले कार्यव्यवस्थाको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओली सांसदहरूसँग सवाल-जवाफका लागि आउन नसक्ने जाकारी दिएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने हुनु भएको छ’, बर्तौलाले बैठकमा दिएको जानकारीबारे उद्धृत गर्दै अधिकारीले भनेका छन् ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १२ : ३६ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली