प्रधानमन्त्री ओली अस्वस्थ, सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नजाने « Khabarhub

प्रधानमन्त्री ओली अस्वस्थ, सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नजाने


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रम बुधबार नहुने भएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

तर स्वास्थ्य प्रतिकूलताका कारण ‌ओली प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको जवाफ दिन उपस्थित नहुने भएका हुन् ।

कार्यव्यवस्थामा जानकारी आउनुअघि नै सभामुख देवराज घिमिरेले सांसदहरूबाट आवश्यक प्रश्न संकलन गरिसकेका थिए ।

तर बुधबार मध्याह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने जानकारी दिए ।

बर्तौलाले कार्यव्यवस्थाको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओली सांसदहरूसँग सवाल-जवाफका लागि आउन नसक्ने जाकारी दिएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने हुनु भएको छ’, बर्तौलाले बैठकमा दिएको जानकारीबारे उद्धृत गर्दै अधिकारीले भनेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : ३६ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा