रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा | Khabarhub Khabarhub

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले संकलन गरेको हस्ताक्षरलाई लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको ठहर गरेको छ । 

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरूवातमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस–एमालेले संकलन गरेको हस्ताक्षरप्रति आपत्ति जनाएउँदै यस्तो बताएका हुन् । 

‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भयो त्यसले सम्मानीत सदनलाई चोट पु¥याएको छ । लोकतन्त्रको विारसत धानेको भनिएकाहरूबाट सार्वभौम संसद्को उपसभामुखजस्तो जिम्मेवार पदलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रको लागि निकै ठूलो खतरा भएको छ भन्ने रास्वपाको ठम्याइ हो,’ उनले भने । 

प्रमुख सचेतक परियारले कांग्रेसलाई लोकतन्त्रका लागि हार्न तयार भएका संस्थापक नेता बीपी कोइराला र एमलेलाई सामन्तवादको खरो विरोध गर्ने आफ्ना नेता मदन भण्डारीलाई सम्झिन सुझाव पनि दिए ।   

‘लोकतन्त्रका लागि हार्न तयार हुने बीपी कोइरालालाई फर्किएर हेर्नुस् नेपाली कांग्रेसका मेरा श्रद्धेय नेताज्यूहरू,’ उनले भने, ‘सामन्तवादमात्रै होइन, पार्टीभित्र हाबी हुने सामन्तवादले पनि हामीलाई उँभो लाग्न दिँदैन भन्ने कमरेड मदन भण्डारीलाई सम्झन म नेकपा एमालेका श्रद्धेय मेरा नेताहरूलाई अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३० बजे

व्यासको चिस्यान केन्द्रमा निःशुल्क आलु भण्डारण

तनहुँ– जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा निर्माण गरिएको चिस्यान केन्द्रमा

समाजलाई अगाडी बढाउन महिलाको विशेष भूमिका रहेको छ : उपप्रधानमन्त्री सिंह 

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडी

कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी

‘विपन्नताका आधारमा सामाजिक सुरक्षा भत्ता वितरण गरिनुपर्छ’

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सामाजिक

धनगढीमा विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली– विश्वकर्मा पूजा आउन करिब एक महिना बाँकी रहँदा यहाँ