माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प « Khabarhub

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’ बजेट अभावका कारण अलपत्र परेको छ । 

सात वर्षअघि निर्माण सुरु भएको सो रङ्गशाला पछिल्लो तीन आर्थिक वर्षदेखि निरन्तर बजेट विनियोजन नहुँदा अधुरै छाडिएको हो । अहिले निर्माणस्थल झाडीले ढाकिएको छ भने निर्माण भएका केही संरचना जीर्ण बन्दै गएका छन् । 

रङ्गशाला निर्माणका लागि हालसम्म कोशी प्रदेश सरकार र इलाम नगरपालिकाको समपूरक अनुदानमार्फत रु चार करोड आठ लाख २३ हजार खर्च भएको छ । सो रकमबाट चार चरणमा पर्खाल, प्याराफिट र रेलिङ निर्माणको काम सम्पन्न भएका छन् । नगरपालिकाका इन्जिनियर क्षितिज दाहालका अनुसार अहिलेसम्म समग्रमा रङ्गशालाको करिब १० प्रतिशत काम मात्र भएको छ ।

समपूरक अनुदानमार्फत रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०७६-७७ मा एक करोड ३६ लाख, आव ०७७-०७८ मा ८४ लाख १९ हजार, आव ०७८-०७९ मा रु ८४ लाख १९ हजार र आव २०७९-८० मा रु एक करोड दुई लाख ९८ हजार विनियोजन भएको थियो । पछिल्लो तीन आर्थिक वर्षदेखि भने कुनै बजेट विनियोजन हुन सकेको छैन ।

कोशी प्रदेश सरकारसँग पटकपटक बजेट माग गर्दा सुनुवाइ नभएकाले रङ्गशालाले पूर्णता पाउन नसकेको इलाम नगरप्रमुख केदार थापाले बताए। ‘रङ्गशाला निर्माणका लागि हामीले प्रदेश सरकारसँग पटक पटक माग गरेका छौँ । तर सुनुवाइ भएको छैन’, उनले भने, “नगरपालिकाले एक्लैले बनाउन सक्दैन, माथिल्लो सरकारको सहयोगविनाको विकल्प छैन ।’

करिब एक सय २० रोपनी क्षेत्रमा बन्ने यो रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार निर्माण सम्पन्न गर्न करिब रु ५० करोड लाग्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणले पूर्णता पाएपछि फुटबल र क्रिकेटसहितका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न जिल्लावासी आशावादी छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३० बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित