अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो « Khabarhub

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मन्थली– रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
 
पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

काठमाडौँबाट  दोलखाको चरिकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमै रोकिएका थिए । एकतर्फी रूपमा सडक सञ्चालनमा आएपछि  बाटोमा रोकिएका सवारीसाधन आ–आफ्नो गन्तव्यस्थलतर्फ लागेको उनले बताए । 

माथिबाट बगेर आएको लेदो र सडकमुनिबाट तामाकोशीले कटान गर्दा  पुष्पलाल मार्गअन्तर्गत पर्ने चरिकोट–मन्थली सडक अवरुद्ध भएको थियो । सडकको तलबाट तामाकोशीले कटान गर्ने र माथिबाट पहिरो खसेपछि यहाँको सडक पटकपटक भासिने गरेको छ । 
 

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  १ : ४८ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली