कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह « Khabarhub

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि अवरोध गर्न नहुने बताएका छन् । जिल्ला समन्वय समितिले बुधबार धनगढीमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रगति समीक्षा एवं स्थानीय तहको असल अभ्यास’सम्बन्धी अनुभव आदन-प्रदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

कैलालीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख उपस्थित कार्यक्रममा मुख्यमन्त्री शाहले अपराध नियन्त्रण गर्ने क्रममा कसैको अनुहार नहेर्नसमेत आग्रह गरे ।

 ‘कुनै किसिमको अपराध सैह्य हुने छैन । कुनै किसिमको गुण्डागर्दी सैह्य हुनेछैन,’ शाहले भने, ‘अपराध र लागू औषध नियन्त्रणमा हामी सबै जनप्रतिनिधिहरूले सहयोग गर्नुपर्छ । हामीले त्यो वातावरण निर्माण गरेका छौँ, अझैँ प्रभावकारी बनाउन जरुरी छ ।’

एक अर्को प्रशंगमा मुख्यमन्त्री शाहले पालिकामा वित्तिय हस्तान्तरण तर्फको बजेट आफू आएपछि क्रमशः बढाउदै लगेको बताए । उनले पहिलो पटक आफू मुख्यमन्त्री हुँदा दुई प्रतिशत रहेको वित्तिय हस्तान्तरण बढाएर पहिलो वर्षमा आठ प्रतिशत र दोस्रो कार्यकालमा १२ प्रतिशत पुर्‍याएको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  २ : २० बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको