‘उपसभामुख रानामाथि बारम्बार आक्रमण भइरहेको छ’ « Khabarhub

‘उपसभामुख रानामाथि बारम्बार आक्रमण भइरहेको छ’


४ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध जनाएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखका बारेमा बारम्बार चर्चा गरेर आक्रमण र आतङ्कित बनाउने काम भएको भन्दै विरोध जनाएका हुन् ।

सामाजिक काममा सक्रिय एउटा जनजाति महिलामाथि यसरी आतङ्कित पार्ने र उनको मानमर्दन गरेर सदनलाई कमजोर पार्ने काम नगर्न उनले ध्यानाकर्षण गराए ।

त्यस्तै पाण्डेले राज्य व्यवस्था समिति सभापतिको निर्वाचन अविलम्ब गरी समितिको कामलाई अगाडि बढाउन माग गरे ।

उनले निजामती कर्मचारी विधेयकमाथि भएको छेडखानी छानविन गर्न गठित विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरे ।

प्रकाशित मिति : ४ भदौ २०८२, बुधबार  ३ : ३३ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली