दीपक बज्राचार्यले गाए ‘जाम् न माया जाम्’ « Khabarhub

दीपक बज्राचार्यले गाए ‘जाम् न माया जाम्’


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दीपक बज्राचार्यले फिल्म ‘मारुनी’ को एक गीतमा स्वर दिएका छन् । पछिल्लो समय ‘मन मगन’ गीत गाएर चर्चामा रहेका बज्राचार्यले फिल्मको एक रोमान्टिक गीत गाएका हुन् ।

काठमाडौंको कृपा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको ‘जाम् न माया जाम्’ बोलको गीतमा बज्राचार्यको संगीत तथा स्वर सुन्न सकिनेछ ।

दीपकले यसअघि धैरै पहिले फिल्ममा गीत गाएपनि निर्माताले भनेअनुसार गाउनुपर्दा फिल्मका गीततर्फ रुचि नदेखाएको बताए ।

यो गीत झण्डै ६ महिना लगाएर तयार पारिएको निर्मात्री समेत रहेकी पुनम गौतमले बताइन् । गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनय गराइने निर्मात्री पुनमले बताइन् ।

फागुन १८ गतेबाट फ्लोरमा जाने यो फिल्मले अर्को वर्षको भदौ १३ गतेलाई रिलिज मिति घोषणा गरेको छ । फिल्ममा नवल नेपालको निर्देशन रहनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : २९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल