भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण « Khabarhub

भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को सफल परीक्षण गरेको छ। बुधवार ओडिशाको चान्दीपुरस्थित इन्टिग्रेटेड टेस्ट रेन्जमा यसको परीक्षण सम्पन्न भएको हो।

यो मिसाइल मल्टिपल इन्डिपेन्डेन्टली टार्गेटेबल री–एण्ट्री भेइकल प्रविधिमा आधारित छ। यसको अर्थ यसलाई एकैपटक धेरै लक्ष्यतर्फ हान्न सकिन्छ। अग्नि–५ को पहिलो परीक्षण अप्रिल २०१२ मा गरिएको थियो।

यसको दायरा ५००० किलोमिटर रहेको छ। यस मिसाइलले पाकिस्तान, चीन, टर्की लगायतका देशसम्म प्रहार गर्न सक्छ।

२९ हजार ४०१ किलोमिटर प्रतिघण्टाको गति

अग्नि–५ भारतको पहिलो र एकमात्रै अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल हो। जसलाई रक्षा अनुसन्धान तथा विकास संगठन ९डीआरडीओ० ले बनाएको हो। यो भारतसँग रहेको लामो दूरीको मिसाइलहरूमध्ये एक हो।

मिसाइलको दायरा ५००० किलोमिटर छ। यसले एकैपटक धेरै हतियार बोक्न सक्छ। यो मिसाइल डेढ टनसम्मको आणविक हतियार बोकेर प्रहार गर्न सक्षम रहेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। यसको गति म्याक २४ छ, अर्थात् आवाजको गतिभन्दा २४ गुणा बढी। प्रयोग गर्न सजिलो भएकाले देशको जुनसुकै ठाउँमा तैनाथ गर्न सकिने भारतीय सेनाले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ८ : २४ बजे

प्रविधिको अभावले सङ्कलित रगतकै दुरुपयोग, उपत्यकामा दैनिक ५०० युनिटको माग धान्न धौ–धौ

काठमाडौँ – “मानवताको एक थोपा रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन