नवरात्रिका बेला भुलेर पनि नगर्नुहोस् यी काम « Khabarhub

नवरात्रिका बेला भुलेर पनि नगर्नुहोस् यी काम


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दू नेपालीहरुको महान पर्व दर्शैको पाँचौं दिन हो ।दशैंलाई नवरात्र पनि भनिन्छ । दशैं घरमा घटस्थापनाको दिनदेखि देवीहरुको पूजा उपासना हुने गरेको छ ।

आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरि मनाइएको छ ।

१० दिनसम्म देवी दूर्गाका ९ अवतारको पूजा आराधना र उपासना गरि दशमीको दिन प्रसाद ग्रहरण गरेसँगै दशैं वा नवरात्र सकिन्छ । तर सांस्कृतिक रुपमा भने देशका कतिपय स्थानमा आफूभन्दा ठूला वा मान्यजनबाट पूर्णिमाको दिनसम्म पनि टिका थाप्ने प्रचलन रहेको छ ।

नवरात्र विशेषत देवी भगवतिको शक्तिको उपासनाको पर्व हो । देवी माताहरुको पूजा उपासना र आराधनाले दुख कष्ट नाश हुने धार्मिक विश्वास रहेको छ । यो बेलामा देवी माताको पूजा आराधना गर्न केही नियमहरु रहेका छन् भने व्यक्तिले पनि नियममा रहनुपर्छ ।

यस्ता छन् नियम

– नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दोह्री, कपाल काट्नु हुँदैन ।

– घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।

– ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।

– उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।

– विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।

– उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।

– व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।

– व्रतको समयमा शारीरिक सम्बन्ध राख्नु हुँदैन ।

– महिलाले मासिक धर्म महिनावारीको बेला पूजा गर्नु हुँदैन ।

– महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ४ : ४२ बजे

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौं- पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा यसको

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा