बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा « Khabarhub

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्। धेरै कथा समयसँगै हराउँछन्, तर अमिताभ बच्चन र रेखाको प्रेमकथा भने अझै पनि बलिउडकै सबैभन्दा चर्चित प्रेम प्रसंग मध्ये एक मानिन्छ।

अमिताभ बच्चनको नाम जीवन्त अभिनेत्री रेखासँग जोडिएको थियो, जसको चर्चा उनी जया बच्चनसँग विवाह गरेर तीन वर्ष बिताइसकेपछि सुरु भयो। समयसँगै धेरै कथा बिर्सिइन्छन्, तर यो प्रेमकथा अझै पनि बलिउडका गल्ली-गल्लीमा उठ्ने विषय बनेको छ।

अमिताभ बच्चनले सधैं यस सम्बन्धलाई हल्ला भन्दै अस्वीकार गरे। तर रेखाले पटक–पटक दिएको संकेतले यो कथा अझै पनि विश्वासिलो बनाएको छ। दुवैलाइ अन्तिम पटक फिल्म ‘सिलसिला’ (१९८१) मा देख्न सकिन्छ , त्यसपछि उनीहरू पर्दामा सँगै देखिएनन्। खबरअनुसार, जयाकै दबाबका कारण अमिताभले रेखासँग काम नगर्ने निर्णय गरेका थिए।

रेखा र अमिताभबीचको कथित प्रेम कहानी ‘दो अन्जाने’ फिल्मको छायांकनबाट सुरु भएको बताइन्छ। त्यति बेला अमिताभ र जय को बिवाह भैसकेको थियो। रेखाले अमिताभलाई पहिले नै चिनेकी थिइन्। फिल्मको सेटमै उनीहरूको निकटता बढ्न थाल्यो। विवाहित अमिताभप्रति रेखाको आकर्षणलाई रोक्न सकिनन् ।

अमिताभ-जयाको विवाह
अमिताभ बच्चन र जयाको विवाहको कथा पनि कम रोचक छैन। ‘जंजीर’ फिल्मको सफलता मनाउन दुवै लन्डन जाने योजना बनाइरहेका थिए। तर अमिताभका पिता, हरिवंश राय बच्चनले स्पष्ट शब्दमा भने:
‘तिमीहरूले विवाह गरेर मात्रै सँगै विदेश यात्रा गर्न सक्छौ।’
त्यसपछि सन् १९७३, ३ जूनमा अमिताभ र जयाको विवाह भयो। यही दिनदेखि सुरु भयो उनीहरूको ‘ह्याप्पिली एभर अफ्टर’ यात्रा, जसले सधैंका लागि बॉलीवुड इतिहासमा आफ्नो स्थान बनायो।

यो कथा बलिउडको इतिहासमै सबैभन्दा धेरै चर्चा हुने विषयमध्ये एक बनेको छ। दशकौं बितिसक्दा पनि अमिताभ, रेखा र जयाको यो प्रेम-कथा बलिउडको गल्लीमा अझै जिउँदो छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ०४ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना