बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा « Khabarhub

बलिउडको चर्चित प्रेमकथा : अमिताभ बच्चन र रेखा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडको इतिहासमा असंख्य हल्ला र गोप्य प्रेमकथा सुनिन्छन्। धेरै कथा समयसँगै हराउँछन्, तर अमिताभ बच्चन र रेखाको प्रेमकथा भने अझै पनि बलिउडकै सबैभन्दा चर्चित प्रेम प्रसंग मध्ये एक मानिन्छ।

अमिताभ बच्चनको नाम जीवन्त अभिनेत्री रेखासँग जोडिएको थियो, जसको चर्चा उनी जया बच्चनसँग विवाह गरेर तीन वर्ष बिताइसकेपछि सुरु भयो। समयसँगै धेरै कथा बिर्सिइन्छन्, तर यो प्रेमकथा अझै पनि बलिउडका गल्ली-गल्लीमा उठ्ने विषय बनेको छ।

अमिताभ बच्चनले सधैं यस सम्बन्धलाई हल्ला भन्दै अस्वीकार गरे। तर रेखाले पटक–पटक दिएको संकेतले यो कथा अझै पनि विश्वासिलो बनाएको छ। दुवैलाइ अन्तिम पटक फिल्म ‘सिलसिला’ (१९८१) मा देख्न सकिन्छ , त्यसपछि उनीहरू पर्दामा सँगै देखिएनन्। खबरअनुसार, जयाकै दबाबका कारण अमिताभले रेखासँग काम नगर्ने निर्णय गरेका थिए।

रेखा र अमिताभबीचको कथित प्रेम कहानी ‘दो अन्जाने’ फिल्मको छायांकनबाट सुरु भएको बताइन्छ। त्यति बेला अमिताभ र जय को बिवाह भैसकेको थियो। रेखाले अमिताभलाई पहिले नै चिनेकी थिइन्। फिल्मको सेटमै उनीहरूको निकटता बढ्न थाल्यो। विवाहित अमिताभप्रति रेखाको आकर्षणलाई रोक्न सकिनन् ।

अमिताभ-जयाको विवाह
अमिताभ बच्चन र जयाको विवाहको कथा पनि कम रोचक छैन। ‘जंजीर’ फिल्मको सफलता मनाउन दुवै लन्डन जाने योजना बनाइरहेका थिए। तर अमिताभका पिता, हरिवंश राय बच्चनले स्पष्ट शब्दमा भने:
‘तिमीहरूले विवाह गरेर मात्रै सँगै विदेश यात्रा गर्न सक्छौ।’
त्यसपछि सन् १९७३, ३ जूनमा अमिताभ र जयाको विवाह भयो। यही दिनदेखि सुरु भयो उनीहरूको ‘ह्याप्पिली एभर अफ्टर’ यात्रा, जसले सधैंका लागि बॉलीवुड इतिहासमा आफ्नो स्थान बनायो।

यो कथा बलिउडको इतिहासमै सबैभन्दा धेरै चर्चा हुने विषयमध्ये एक बनेको छ। दशकौं बितिसक्दा पनि अमिताभ, रेखा र जयाको यो प्रेम-कथा बलिउडको गल्लीमा अझै जिउँदो छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ७ : ०४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा