पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै « Khabarhub

पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राजधानीस्थित जलवायु–नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताहरूले नयाँ दिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृतिहरू सावधानीपूर्वक मिलाउँदै छन् ।

इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स आइजिएनसिएका विज्ञहरूले बिग्रिएका नक्सा र पुराना तस्वीरहरूलाई पुनर्जीवित गर्दैछन् । यी सामग्रीहरूले हाल तीन करोडभन्दा बढी मानिस बसोबास गर्ने विशाल महानगरको विकासक्रमलाई बुझ्न सहयोग गर्छ ।

यस कार्यले हजारौँ वर्षदेखि बसोबास र परिवर्तनका लहरहरू पार गर्दै आएको बहु–धार्मिक तथा बहु–सांस्कृतिक सहरको थप गहिरो समझ बनाउन मद्दत गरेको छ ।

“हामीले स्मृति जोगाइरहेका छौँ”, आइजिएनसिएको संरक्षण प्रयोगशालाका प्रमुख अचल पाण्ड्याले भने, “जुन देशसँग स्मृति हुँदैन, त्यो देश केही हुँदैन ।”

सबैभन्दा बहुमूल्य पुनःस्थापित सामग्रीहरूमा विल्सन सर्वेक्षण नक्सा पनि पर्छन् । यी नक्सा सन् १९१० देखि १९१२ को बीचमा एक ब्रिटिश औपनिवेशिक अधिकारीले तयार पारेका करिब दुई सय ५० कागजातहरूको सङ्ग्रह हुन् ।

यी नक्सा १७औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले शाहजहाँनाबादका रूपमा राजधानी स्थापना गरेको पुरानो दिल्लीमा केन्द्रित छन् ।

नक्सामा त्यतिबेला को कहाँ बस्थे भन्ने विवरण सावधानीपूर्वक अङ्कित गरिएको छ ।

“तपाईंले केवल नक्सा मात्र हेर्नुहुन्न, यहाँका मानिसहरूको जीवन र इतिहास पनि बुझ्न सक्नुहुन्छ”, नयाँदिल्ली नगर परिषद्को सम्पदा पुनःस्थापना टोलीका सदस्य सञ्जीव कुमार सिंहले भने ।

लामो समयको उपेक्षाले यी नाजुक कागजातहरूलाई अझै कमजोर बनाएको छ । राजधानीको कठोर मौसम—गर्मीको तीव्र तापक्रम, आर्द्र मनसुन र जाडोको चिसो—सहित विश्वकै खराब वायु प्रदूषणले तिनलाई थप बिगारेको छ ।

यदि सन् २०२२ मा संरक्षण कार्य सुरु भएको थिएन भने यी कागजातहरू अहिले टुक्रिन्थे भन्ने पुनःस्थापनाकर्ताहरूको भनाइ छ ।

“यसको महत्त्व मर्ने व्यक्तिलाई अक्सिजन चाहिने जत्तिकै हो”, सिंहले भने ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ०५ बजे

जर्मन सहयोगमा धुलिखेलमा स्वास्थ्य, खानेपानी र सौर्य ऊर्जा परियोजना

काठमाडौं– नेपाल सरकार, धुलिखेल नगरपालिका, धुलिखेल अस्पताल, यहाँस्थित जर्मन दूतावास

भायानेटको वाईफाई ६ इन्टरनेट र भायाटिभीसँगै अब स्टेडियम घरमै

काठमाडौं– भायानेट कम्युनिकेसन्सले वाईफाई ६ प्रविधिसहितको २५० एमबिपिएस इन्टरनेट प्याकेज

स्वास्थ्य बीमा कार्यक्रमका चुनौती र सुधारका उपायबारे छलफल

काठमाडौं – स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पर्वत– कुश्मा नगरपालिका–२ स्थित अर्मादीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा

चौतर्फी दबाबले गलेनन् ओली, सातौँ महाधिवेशनमा फर्किँदै योगेशले सुनाए यस्तो कथा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको चौतर्फी दबाब