पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै | Khabarhub Khabarhub

पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राजधानीस्थित जलवायु–नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताहरूले नयाँ दिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृतिहरू सावधानीपूर्वक मिलाउँदै छन् ।

इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स आइजिएनसिएका विज्ञहरूले बिग्रिएका नक्सा र पुराना तस्वीरहरूलाई पुनर्जीवित गर्दैछन् । यी सामग्रीहरूले हाल तीन करोडभन्दा बढी मानिस बसोबास गर्ने विशाल महानगरको विकासक्रमलाई बुझ्न सहयोग गर्छ ।

यस कार्यले हजारौँ वर्षदेखि बसोबास र परिवर्तनका लहरहरू पार गर्दै आएको बहु–धार्मिक तथा बहु–सांस्कृतिक सहरको थप गहिरो समझ बनाउन मद्दत गरेको छ ।

“हामीले स्मृति जोगाइरहेका छौँ”, आइजिएनसिएको संरक्षण प्रयोगशालाका प्रमुख अचल पाण्ड्याले भने, “जुन देशसँग स्मृति हुँदैन, त्यो देश केही हुँदैन ।”

सबैभन्दा बहुमूल्य पुनःस्थापित सामग्रीहरूमा विल्सन सर्वेक्षण नक्सा पनि पर्छन् । यी नक्सा सन् १९१० देखि १९१२ को बीचमा एक ब्रिटिश औपनिवेशिक अधिकारीले तयार पारेका करिब दुई सय ५० कागजातहरूको सङ्ग्रह हुन् ।

यी नक्सा १७औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले शाहजहाँनाबादका रूपमा राजधानी स्थापना गरेको पुरानो दिल्लीमा केन्द्रित छन् ।

नक्सामा त्यतिबेला को कहाँ बस्थे भन्ने विवरण सावधानीपूर्वक अङ्कित गरिएको छ ।

“तपाईंले केवल नक्सा मात्र हेर्नुहुन्न, यहाँका मानिसहरूको जीवन र इतिहास पनि बुझ्न सक्नुहुन्छ”, नयाँदिल्ली नगर परिषद्को सम्पदा पुनःस्थापना टोलीका सदस्य सञ्जीव कुमार सिंहले भने ।

लामो समयको उपेक्षाले यी नाजुक कागजातहरूलाई अझै कमजोर बनाएको छ । राजधानीको कठोर मौसम—गर्मीको तीव्र तापक्रम, आर्द्र मनसुन र जाडोको चिसो—सहित विश्वकै खराब वायु प्रदूषणले तिनलाई थप बिगारेको छ ।

यदि सन् २०२२ मा संरक्षण कार्य सुरु भएको थिएन भने यी कागजातहरू अहिले टुक्रिन्थे भन्ने पुनःस्थापनाकर्ताहरूको भनाइ छ ।

“यसको महत्त्व मर्ने व्यक्तिलाई अक्सिजन चाहिने जत्तिकै हो”, सिंहले भने ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ०५ बजे

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

जेनेभा – गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन