सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने « Khabarhub

सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सेमिकन्डक्टर उद्योग तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

हाल भारतको सेमिकन्डक्टर उद्योग ३४.३ अर्ब डलर बराबर रहेको छ । युनियन बैंक अफ इन्डियाको प्रक्षेपण अनुसार भारतको सेमिकन्डक्टर उद्योग सन् २०३२ सम्म हरेक वर्ष २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारतका गुजरात, उडिसा, तालिम नाडु र उत्तर प्रदेशले विशेष सेमिकन्डक्टर नीति सार्वजनिक गरिसकेका छन् । त्यसबाहेक आन्ध्र प्रदेश, कर्णाटक, महाराष्ट्र र तेलङ्गानाजस्ता राज्यले सेमिकन्डक्टरमा लगानी आकर्षण गर्न पनि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

युनियन बैंक अफ इन्डियाको प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०३० सम्म विश्वभर सेमिकन्डक्टर उद्योगको बजार १० खर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिवेदन अनुसार सन् २०२२ मा भारतले ५१ करोड ६० लाख डलर बराबरको सेमिकन्डक्टर उपकरण निर्यात गरेको थियो । भारतले प्रायः अमेरिका, हङकङ र दक्षिण अफ्रिकामा यस्ता उपकरण निर्यात गर्दै आएको छ ।

सोही अवधिमा भारतले ४ खर्ब ५५ करोड डलर बराबरका यस्ता उपकरण आयात गरेको छ । भारतले प्रायः चीन, सिङ्गापुर र भियतनामबाट यस्तो उपकरण आयात गर्दै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ४९ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको