सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने « Khabarhub

सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सेमिकन्डक्टर उद्योग तीव्र गतिमा वृद्धि भइरहेको छ । सन् २०३२ सम्म भारतीय सेमिकन्डक्टर उद्योगको बजार मूल्य १ खर्ब डलर पुग्ने अनुमान गरिएको छ ।

हाल भारतको सेमिकन्डक्टर उद्योग ३४.३ अर्ब डलर बराबर रहेको छ । युनियन बैंक अफ इन्डियाको प्रक्षेपण अनुसार भारतको सेमिकन्डक्टर उद्योग सन् २०३२ सम्म हरेक वर्ष २० प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारतका गुजरात, उडिसा, तालिम नाडु र उत्तर प्रदेशले विशेष सेमिकन्डक्टर नीति सार्वजनिक गरिसकेका छन् । त्यसबाहेक आन्ध्र प्रदेश, कर्णाटक, महाराष्ट्र र तेलङ्गानाजस्ता राज्यले सेमिकन्डक्टरमा लगानी आकर्षण गर्न पनि विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

युनियन बैंक अफ इन्डियाको प्रतिवेदनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईका अनुसार सन् २०३० सम्म विश्वभर सेमिकन्डक्टर उद्योगको बजार १० खर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिवेदन अनुसार सन् २०२२ मा भारतले ५१ करोड ६० लाख डलर बराबरको सेमिकन्डक्टर उपकरण निर्यात गरेको थियो । भारतले प्रायः अमेरिका, हङकङ र दक्षिण अफ्रिकामा यस्ता उपकरण निर्यात गर्दै आएको छ ।

सोही अवधिमा भारतले ४ खर्ब ५५ करोड डलर बराबरका यस्ता उपकरण आयात गरेको छ । भारतले प्रायः चीन, सिङ्गापुर र भियतनामबाट यस्तो उपकरण आयात गर्दै आएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ६ : ४९ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र