पाकिस्तानको राजधानीमा आपराधिक घटना बढे, प्रहरी नै पीडित « Khabarhub

पाकिस्तानको राजधानीमा आपराधिक घटना बढे, प्रहरी नै पीडित


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको राजधानी इस्लामावादमा आपराधिक घटना बढ्दै गएको पाइएको छ । पछिल्लो एक सातामा मात्रै राजधानी शहरमा चोरी, डकैती, लुटपाट, हत्याजस्ता आपराधिक घटना भएका छन् ।

बिजनेस रेकर्डरका अनुसार शहरको कराँची कम्पनी, औद्योगिक क्षेत्र, कारल, हुमक, अबपारा, कोशरजस्ता क्षेत्रमा यस्ता घटना भएका छन् । यी क्षेत्रमा आपराधिक गिरोहको सक्रियता पनि उच्च रहेको जनाइएको छ ।

केही दिनअघि ई–११÷२ क्षेत्रमा दुई जना प्रहरी नै अपराधिक घटनाको शिकार भएका थिए । सो स्थानमा १५–२० जना अपराधीले दुई जना प्रहरीलाई आक्रमण गरी केही समयका लागि बन्धक बनाएका थिए ।

पछिल्लो सयम पाकिस्तान प्रहरीले सडकमा सर्भेलन्स क्यामेरा जडान गरेको छ । त्यसबाहेक सुरक्षा व्यवस्थाका लागि प्रहरीको गस्ती पनि गरिरहेको छ ।

प्रहरीको चुस्तताका बावजुद आपराधिक घटनामा कमी नआएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : २३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको