अहमदिया प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा « Khabarhub

अहमदिया प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहमदिया सम्प्रदायको प्रार्थानास्थलमा आगो लगाएको आरोपमा पाकिस्तानमा ३ सय जनामाथि मुद्दा दर्ता भएको छ । पाकिस्तानको फैसलावादमा रहेका दुई अहमदिया सामुदायिक प्रार्थानास्थलमा आगजनी गरेको आरोपमा ३ सय जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार तीमध्ये ४७ जनामाथि किटानी परेको छ । अरुको पहिचान हुन बाँकी छ ।

उनीहरुमाथि पाकिस्तानी दण्ड संहिता तथा प्रतिआतंकवाद ऐत १९९७ अनुसार मुद्दा दायर गरिएको डनले जनाएको छ । घटनामा तहरिक ए लब्बाइक नामक समूहको संलग्नता पाइएको छ ।

पाकिस्तानको संविधानले अहमदियाहरुलाई इस्लामिक चिह्न र पहिचानको प्रयोग गर्न दिँदैन । पछिल्ला केही वर्षयता अहमदियाहरु पाकिस्तानमा हिंसा र लज्जाको सिकार हुँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  ८ : ४७ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको