नेपाल संवत ११४० भव्य मनाउन विभिन्न उपसमिति गठन « Khabarhub

नेपाल संवत ११४० भव्य मनाउन विभिन्न उपसमिति गठन


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ वर्ष नेपाल सम्वत् भव्य रुपमा मनाउन नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समिति ११४० को अध्यक्षमा रमेश महर्जनलाई चयन गरेको छ ।

नेपाल संवत ११४० समारोह समितिको पूर्ण बैठकले सर्वसम्मतिले महर्जनलाई अध्यक्षमा चयन गरेको हो । महर्जन भूकम्पपछि सम्पदा संरक्षणका लागि गठित पिलाछेँ पुनःनिर्माण समिति ललितपुरका पनि अध्यक्ष हुन् ।

विहीबार नेसं ११३९ समारोह समितिका अध्यक्ष सत्यभामा माथेमा र सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धरले नवनियुक्त अध्यक्ष महर्जनको स्वागत गर्दै नव वर्षको खुशियालीमा आयोजना गरिने कार्यक्रमहरुको सफलताको कामना गरेका थिए ।

महर्जनको अध्यक्षता बसेको नेपाल संवत ११४० राष्ट्रिय समारोह समितिको बैठकले नव वर्ष भव्य रुपमा मनाउन विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।

आर्थिक समिति, सञ्चार समिति, प्रतिनिधिमण्डल समिति, मञ्च व्यवस्थापन समिति, महिला समन्वय समिति, कालेण्डर प्रकाशन समिति, नासः पूजा व्यवस्थापन समिति, नारा समिति, क्लब समन्वय समिति, विशिष्ट जलपान कार्यक्रम समिति, साँस्कृतिक महोत्सव समन्वय समिति, स्वयंसेवक समिति, साँस्कृतिक बाजा समन्वय समिति, देशव्यापी न्हूदँ समारोह समन्वय समितिका साथै १५ सदस्यीय व्यवस्थापन समिति पनि गठन गरिएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ७ : ५४ बजे

एमसीसीअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र