सबैलाई स्वीकार्य हुनेगरी विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्छ : एनपी साउद « Khabarhub

सबैलाई स्वीकार्य हुनेगरी विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्छ : एनपी साउद


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले सरोकारवाला पक्षका असन्तुष्टिहरू सम्बोधन गरेरमात्रै सबैलाई स्वीकार्य हुने गरी विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनको विधेयक, २०८० अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै उनले शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव नहुने भएकाले विधेयक निर्माणमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए । 

‘सरकारले तत्काल देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरी सबैलाई स्वीकार्य हुने गरी विधेयक अगाडि बढाउन आवश्यक देखिन्छ,’ साउदले भने, ‘शिक्षा क्षेत्रको समग्र सुधारबिना मुलुकको समृद्धि सम्भव हुँदैन । त्यसकारण यो विषयमा सरकार गम्भीर हुन जरुरी छ ।’

लामो समयको प्रतीक्षापछि विषयगत समितिले विधेयकको प्रतिवेदन पारित गरेको छ । शिक्षा विधेयकले संघीय संरचनाअनुसार विद्यालय शिक्षालाई कानुनीरूपमा व्यवस्थित गर्दै आधारभूत शिक्षा सुनिश्चित र निजी विद्यालय नियमन गर्ने लगायतका प्रावधानहरू सकारात्मक भएको सांसद साउनको भनाइ थियो ।  

‘तर, सरोकारवालाहरूको व्यापक असहमतिका बीच विगतमा सरकारले गरेका सम्झौताहरूको बेवास्ता गरी अगाडि बढाउँदा व्यापक असन्तुष्टिहरू देखिएका छन्,’ साउदले भने, ‘२० औँ वर्षदेखि कार्यरत अस्थायी प्रकृतिका राहत, साविक उच्च मावि, बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूको न्यायोचित व्यवस्थापन गर्ने दायित्वबाट सरकार पन्छिन खोजेको गुनासो छ ।’

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  १ : ५७ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास