करेन्ट लागेर दुईको मृत्यु « Khabarhub

करेन्ट लागेर दुईको मृत्यु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा – झापामा दुई फरक घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलिगुडी घर भएका ३२ वर्षीय काजी दास र दमक नगरपालिका–५ निवासी ४० वर्षीय चिन्टु माझी रहेका छन् ।

विर्तामोड नगरपालिका–१ मा रहेको स्टिल उद्योगमा कामदारका रूपमा कार्यरत दासलाई बिहीबार दिउँसो करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

त्यस्तै करेन्ट लगाएर माछा मार्ने क्रममा माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार गत मङ्गलवार राति घर नजिकै खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लडेका थिए ।

लडेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक लगिए पनि उनको उपचारका क्रममा बुधबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : ४५ बजे

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका

‘विस्थापित सुकुम्वासीले तीन महिनाभित्र लालपुर्जा पाउँछन्’

सरकारले काठमाडौँ उपत्यकाका विभिन्न नदीकिनारमा अवस्थित सुकुम्वासी वस्ती हटाएर त्यहाँ

रास्वपा सहमहामन्त्री हरि ढकालको उम्मेदवारी घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाले सहमहामन्त्री उम्मेदवारी घोषणा

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा