बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त | Khabarhub Khabarhub

शेयर साता

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५ गतेसम्म शेयर बजार साताका पाँचै कारोबार दिन खुल्यो । दुई दिन बजार बढ्दा तीन दिन घटेको बजारमा १.०९ प्रतिशतको गिरावट आयो ।

अघिल्लो साताको बिहीबार २७८८.३६ बिन्दुमा रहेको नेप्से यो साताको बिहीबारसम्म आइपुग्दा ३०.३९ अङ्कले घटेर २७५७.९७ बिन्दुमा झर्‍यो ।

पहिलो कारोबार दिन आइतबार नै नेप्से ३७ अङ्कले घटेको थियो । सोमबार ९ अङ्कले र मङ्गलबार साढे ६ अङ्कले नेप्से बढे पनि बुधबार ९.७० र बिहीबार ९.२२ अङ्कले घट्यो ।

नेप्सेमा साताभर २९ अर्ब ७७ करोड २४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । आइतबार सात अर्ब र सोमबार ६ अर्ब बढीको कारोबार भए पनि पनि प्रतिदित औषत ६ अर्ब रुपैयाँको पनि कारोबार भएन ।

मङ्गलबार, बुधबार र बिहीबार पाँच अर्बभन्दा केही बढीको शेयर कारोबार हुँदा दैनिक औसतमा पाँच अर्ब ९५ करोड ४४ लाख रुपैयाँको मात्र कारोबार भयो । यसरी हेर्दा नेप्सेलाई यो साता कारोबारले पनि साथ नदिएको देखियो ।

कारोबार रकममा कमी आएसँगै कारोबार हुने कित्ता पनि घट्यो । पूरै सातामा आठ करोड नौ लाख ९० हजार कित्ता शेयर कारोबार हुँदा आइतबार दुई करोड कित्ता बाहेक अन्य सबै दिन एक करोड बढी कित्ता मात्र कारोबार भयो । औसतमा हेर्दा दैनिक एक करोड ६१ लाख ९८ हजार कित्ता शेयर कारोबार भयो ।

कारोबारमा कमीको असर कारोबार हुने पटकमा समेत देखियो । आइतबार ८६ हजार पटक शेयर किनबेच हुँदा सोमबार घटेर ६७ हजारमा सीमित भयो । त्यस्तै, मङ्गलबार ६१ हजार, बुधबार ५३ हजार र बिहीबार ५६ हजार पटक शेयर किनबेच भयो ।

सातामा समग्र तीन लाख २७ हजार पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ६५ हजार पटक शेयर किनबेच भयो ।

बढी कमाउने विकास हाइड्रोपावर

केही अघिमात्र सर्वसाधारणमा साधारण शेयर (आइपीओ) जारी गरी कारोबारमा आएको विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । कारोबारमा आएको दुई दिनमै विकासको शेयर २०.९९ प्रतिशतले बढेको हो ।

आइपीओ बिक्री गरेर कारोबारमा आएकाले यसको शेयर मूल्य बढेको देखिएको छ । अझै विकासको शेयर मूल्य केही दिन बढ्ने निश्चितजस्तै देखिन्छ ।

बुधबार प्रतिकित्ता २९२.१ रुपैयाँमा कारोबार सुरु भएरको विकासको शेयर मूल्य बिहीबार ३५३.४ रुपैयाँ पुग्यो । दुई दिनमै विकासको बजार पुँजीकरण तीन अर्ब २१ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

नौ लाख ९१ हजार १३ कित्ता शेयर रहेको विकासको शेयर ४९ प्रतिशत सर्वसाधारणतर्फ छ भने बाँकी ५१ प्रतिशत प्रवद्र्धकसँग छ ।

विकाससँगै सातामा सर्वाधिक कमाउने दोस्रो कम्पनी पियर इनर्जी बन्यो । यो कम्पनीको शेयरमूल्य सातामा ९.७९ प्रतिशतले बढेको हो ।

सातामा चद्रागिरी हिल्स ७.८० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.६८ प्रतिशत, उन्नति सहकार्य लघुवित्त ४.८६ प्रतिशत र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ४.८३ प्रतिशतले बढेको छ ।

एभरेष्ट बैंक र सामुदायिक लघुवित्तको शेयरमूल्य ४.४८ प्रतिशतले बढ्दा सुपर माई हाइड्रोपावर ४.११ प्रतिशतले र थ्री स्टार हाइड्रोपावर ३.५२ प्रतिशतले बढेको छ ।

सम्पदा लघुवित्त बन्यो बढी गुमाउने कम्पनी

सातामा नेपालको शेयरबजारमा सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक गुमाए । पाँच कारोबार दिनमा सम्पदाको शेयर १३.७७ प्रतिशतले घटेको हो ।

अघिल्लो साताको बिहीबार सम्पदाको शेयर प्रतिकित्ता एक हजार ६५.०१ रुपैयाँमा बन्द भएको थियो । यो साताको बिहीबारसम्म आइपुग्दा घटेर ९१८.३३ रुपैयाँमा आएको छ ।

नेप्सेमा सम्पदाको ७० लाख आठ हजार ५८४ कित्ता शेयर सूचीकृत छ । जसमा ३२.३२ प्रतिशत शेयर सर्वसाधारणको र ६७.६८ प्रतिशत शेयर प्रवद्र्धकको रहेको छ ।

सम्पदाको प्रतिकित्ता शेयरमूल्य ५२ हप्तामा सबैभन्दा बढी एक हजार २०५ रुपैयाँ पुगेको छ भने सबैभन्दा कम ८२६ रुपैयाँसम्म झरेको छ । यसको शेयर मूल्य १२० दिनमा औसतमा १०००.४१ रुपैयाँ छ भने १८० दिनमा औसतमा ९९९.३६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी ७.८१ प्रतिशतले, नारायणी विकास बैंक ७.४८ प्रतिशतले, एनआईसी एशिया लघुवित्त ७.०५ प्रतिशतले, माया खोला हाइड्रोपावर ६.९१ प्रतिशतले र ट्रेड टावर लिमिटेड ६.८५ प्रतिशतले घटेको छ ।

साथै, पञ्चकन्या माइ हाइड्रोपावर ६.२८ प्रतिशतले, जनउत्थान सामुदायिक लघुवित्त ६.१५ प्रतिशतले, समता घरेलु लघुवित्त ६ प्रतिशतले र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ५.९४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ३९ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलीदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि