बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त « Khabarhub

शेयर साता

बढी कमाउने विकास हाइड्रोपावर, गुमाउने सम्पदा लघुवित्त


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भदौको पहिलो साता अर्थात भदौ १ देखि ५ गतेसम्म शेयर बजार साताका पाँचै कारोबार दिन खुल्यो । दुई दिन बजार बढ्दा तीन दिन घटेको बजारमा १.०९ प्रतिशतको गिरावट आयो ।

अघिल्लो साताको बिहीबार २७८८.३६ बिन्दुमा रहेको नेप्से यो साताको बिहीबारसम्म आइपुग्दा ३०.३९ अङ्कले घटेर २७५७.९७ बिन्दुमा झर्‍यो ।

पहिलो कारोबार दिन आइतबार नै नेप्से ३७ अङ्कले घटेको थियो । सोमबार ९ अङ्कले र मङ्गलबार साढे ६ अङ्कले नेप्से बढे पनि बुधबार ९.७० र बिहीबार ९.२२ अङ्कले घट्यो ।

नेप्सेमा साताभर २९ अर्ब ७७ करोड २४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो । आइतबार सात अर्ब र सोमबार ६ अर्ब बढीको कारोबार भए पनि पनि प्रतिदित औषत ६ अर्ब रुपैयाँको पनि कारोबार भएन ।

मङ्गलबार, बुधबार र बिहीबार पाँच अर्बभन्दा केही बढीको शेयर कारोबार हुँदा दैनिक औसतमा पाँच अर्ब ९५ करोड ४४ लाख रुपैयाँको मात्र कारोबार भयो । यसरी हेर्दा नेप्सेलाई यो साता कारोबारले पनि साथ नदिएको देखियो ।

कारोबार रकममा कमी आएसँगै कारोबार हुने कित्ता पनि घट्यो । पूरै सातामा आठ करोड नौ लाख ९० हजार कित्ता शेयर कारोबार हुँदा आइतबार दुई करोड कित्ता बाहेक अन्य सबै दिन एक करोड बढी कित्ता मात्र कारोबार भयो । औसतमा हेर्दा दैनिक एक करोड ६१ लाख ९८ हजार कित्ता शेयर कारोबार भयो ।

कारोबारमा कमीको असर कारोबार हुने पटकमा समेत देखियो । आइतबार ८६ हजार पटक शेयर किनबेच हुँदा सोमबार घटेर ६७ हजारमा सीमित भयो । त्यस्तै, मङ्गलबार ६१ हजार, बुधबार ५३ हजार र बिहीबार ५६ हजार पटक शेयर किनबेच भयो ।

सातामा समग्र तीन लाख २७ हजार पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ६५ हजार पटक शेयर किनबेच भयो ।

बढी कमाउने विकास हाइड्रोपावर

केही अघिमात्र सर्वसाधारणमा साधारण शेयर (आइपीओ) जारी गरी कारोबारमा आएको विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । कारोबारमा आएको दुई दिनमै विकासको शेयर २०.९९ प्रतिशतले बढेको हो ।

आइपीओ बिक्री गरेर कारोबारमा आएकाले यसको शेयर मूल्य बढेको देखिएको छ । अझै विकासको शेयर मूल्य केही दिन बढ्ने निश्चितजस्तै देखिन्छ ।

बुधबार प्रतिकित्ता २९२.१ रुपैयाँमा कारोबार सुरु भएरको विकासको शेयर मूल्य बिहीबार ३५३.४ रुपैयाँ पुग्यो । दुई दिनमै विकासको बजार पुँजीकरण तीन अर्ब २१ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

नौ लाख ९१ हजार १३ कित्ता शेयर रहेको विकासको शेयर ४९ प्रतिशत सर्वसाधारणतर्फ छ भने बाँकी ५१ प्रतिशत प्रवद्र्धकसँग छ ।

विकाससँगै सातामा सर्वाधिक कमाउने दोस्रो कम्पनी पियर इनर्जी बन्यो । यो कम्पनीको शेयरमूल्य सातामा ९.७९ प्रतिशतले बढेको हो ।

सातामा चद्रागिरी हिल्स ७.८० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ५.६८ प्रतिशत, उन्नति सहकार्य लघुवित्त ४.८६ प्रतिशत र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ४.८३ प्रतिशतले बढेको छ ।

एभरेष्ट बैंक र सामुदायिक लघुवित्तको शेयरमूल्य ४.४८ प्रतिशतले बढ्दा सुपर माई हाइड्रोपावर ४.११ प्रतिशतले र थ्री स्टार हाइड्रोपावर ३.५२ प्रतिशतले बढेको छ ।

सम्पदा लघुवित्त बन्यो बढी गुमाउने कम्पनी

सातामा नेपालको शेयरबजारमा सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक गुमाए । पाँच कारोबार दिनमा सम्पदाको शेयर १३.७७ प्रतिशतले घटेको हो ।

अघिल्लो साताको बिहीबार सम्पदाको शेयर प्रतिकित्ता एक हजार ६५.०१ रुपैयाँमा बन्द भएको थियो । यो साताको बिहीबारसम्म आइपुग्दा घटेर ९१८.३३ रुपैयाँमा आएको छ ।

नेप्सेमा सम्पदाको ७० लाख आठ हजार ५८४ कित्ता शेयर सूचीकृत छ । जसमा ३२.३२ प्रतिशत शेयर सर्वसाधारणको र ६७.६८ प्रतिशत शेयर प्रवद्र्धकको रहेको छ ।

सम्पदाको प्रतिकित्ता शेयरमूल्य ५२ हप्तामा सबैभन्दा बढी एक हजार २०५ रुपैयाँ पुगेको छ भने सबैभन्दा कम ८२६ रुपैयाँसम्म झरेको छ । यसको शेयर मूल्य १२० दिनमा औसतमा १०००.४१ रुपैयाँ छ भने १८० दिनमा औसतमा ९९९.३६ रुपैयाँ पुगेको छ ।

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी ७.८१ प्रतिशतले, नारायणी विकास बैंक ७.४८ प्रतिशतले, एनआईसी एशिया लघुवित्त ७.०५ प्रतिशतले, माया खोला हाइड्रोपावर ६.९१ प्रतिशतले र ट्रेड टावर लिमिटेड ६.८५ प्रतिशतले घटेको छ ।

साथै, पञ्चकन्या माइ हाइड्रोपावर ६.२८ प्रतिशतले, जनउत्थान सामुदायिक लघुवित्त ६.१५ प्रतिशतले, समता घरेलु लघुवित्त ६ प्रतिशतले र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ५.९४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क