पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ४५ रनको लक्ष्य प्रस्तुत « Khabarhub

पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ४५ रनको लक्ष्य प्रस्तुत


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा पाकिस्तान शाहिन्सले नेपाललाई जितका लागि एक सय ४५ रनको लक्ष्य दिएको छ ।

अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान शाहिन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४४ रनको योगफल बनाएको हो ।

पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २६ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । मोहमद वासिमले २३, अबदुल समादले २६ तथा यासिर खानले १८ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यसअघि पाँच खेल खेलेको नेपालले तीन खेलमा हार तथा दुई खेलमा जित हासिल गरेको छ ।

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको  थियो  । त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ०५ बजे

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ