चकलेट गोदाममा सिलबन्दी « Khabarhub

चकलेट गोदाममा सिलबन्दी


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुणस्तरहिन चकलेट उत्पादन गरेको भन्दै चन्द्रागिरिस्थित एक चकलेट गोदाममा सिलबन्दी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागको टोलीले बजार अनुगमनका क्रममा गुणस्तरहीन चकलेट फेला परेपछि चन्द्रागिरि–१० स्थित सो चकलेट गोदाममा सिलबन्दी गरेको हो ।

उक्त टोलीले विनित अग्रवालले सञ्चालन गरेको ‘सुयस इन्टरनेशनल प्रालि’मा म्याद नाघेको, डबल स्टिकर टाँस गरिएको र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने चकलेट बजारमा पठाएका कारण सिलबन्दी गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले म्याद नाघेको र गुणस्तरहीन चक्लेट फेला परेपछि गोदाममा सिलबन्दी गरिएको जानकारी दिए ।

म्याद नाघेका चार हजार कार्टुन चक्कलेट गोदाम भित्र बिक्रीका लागि पठाउने तयारी गरिएको अवस्थामा टोलीले गोदाममा छापा मारेको हो ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ६ : ०९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग