त्रिकोणात्मक सिरिज जिम्बावेले जित्यो « Khabarhub

त्रिकोणात्मक सिरिज जिम्बावेले जित्यो


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ ।

बिहिबार राति भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावे सिरिज चुम्न सफल भएको हो । इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको थियो ।

जिम्बावेका लागि पिटर मुरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै टोनी मुन्योगाले ४४ रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

जितसँगै जिम्बावेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान हासिल गर्दै सिरिजमा कब्जा जमाएको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो भयो । आयोजक सिंगापुर ३ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ६ : ५७ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई