३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता पक्राउ « Khabarhub

३० अर्ब नगद र १३ टन सुनसहित चिनियाँ कम्युनिष्ट पार्टीका नेता पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ कम्युनिष्ट पार्टीका एक नेता अवैध ३० अर्ब नगद र १३ टन सुनसहित पक्राउ परेका छन् ।

हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यूलाई भ्रष्टाचार गरी जोडेको उक्त रकम र सुनसहित प्रहरीले पक्राउ गरेको हो ।

हेनान प्रान्तका एक अधिकारीसंग ३० अरब रुपैयाँ घुस लिएको उनीमाथि आरोपमा लागेको छ । उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन र ३० अरब अमेरिकी डलर घूस लिएको खुलासा भएको छ ।

भ्रष्टाचार जाँचबुझ ब्युरोका अधिकारीहरुले छापा मार्दा उनको घरमा हजारौं सुनका ‘इट्टा’ भेटिएका थिए । उनको खातामा ६ सय ६८ लाख बिलियन युआन अर्थात ३० अर्ब अमेरिकी डलर बराबर स्रोत नखुलेको रकम भेटिएको छ ।

झाङले कानूनको गम्भीर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ । अवैध रुपैयाँ र सुनसहित पक्राउ परेका झाङलाई प्रहरी हिरासतमा राखिएको छ ।

उनी पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ । चीनको पूर्वी अन्हुई प्रान्तमा जन्मिएका झाङ सन् १९८३ मा कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : २० बजे

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम